नेपालमा शिक्षा हेर्दा दुई किसिमको शिक्षा प्रणाली विघमान रहेको छ ।पहिलो सरकारी र द्रोस्रो निजी अर्थात संस्थागत शिक्षा। यि दुई किसिमका शिक्षामा तुलना गर्दा, सरकारी भन्दा निजी विद्यालयको पढाई राम्रो र गुणस्तरिय हुन्छ भन्ने आम नेपालीहरुको बुझाई रहेको छ।सरकारी र निजी शिक्षा बिचको भ्रमात्मक सोचले गर्दा तुलनात्मक रुपमा निजि विद्यालयलाई पहिलो प्राथमिकता दिने परिपाटी नेपालीहरुको मस्तिष्कमा रहेको छ ।
अर्को विषय भनेको के सबै निजी विद्यालयमा पढेको विद्यार्थि साच्चिकै अब्बल छन् त ? यो विषयको विश्लेषण गर्दा हामी झसङ्गै हुनु पर्ने स्तिथि रहेको छ ।त्यो के हो भने, वर्तमान समयमा लाखौं पैसा खर्च गरी निजी विद्यालयमा पढेका अब्बल विद्यार्थिहरु वनि अधिकांस विद्यार्थिहरु आफ्नो पढाई सकाएर पनि बेरोजगार रहेको छन् । देशको पढ्लेखेको शिक्षित जनशक्ति नै देशमा अवसरहरु नदेखेर विदेशिनु परेको तितो यथार्थ हामी सामु रहेको छ ।
आजको विद्यार्थिहरुमा आफैले रोजगारी सिर्जना गर्ने, ब्यवसायी तथा आत्मनिर्भर वा अन्य कुनै हिसाबले एउटा शिक्षित युवाले देशको आवश्यकतालाई महसुस गरी आफ्नै देशमा केही गर्नु पर्छ भन्ने भावान प्रचुर मात्रामा विकास हुन सकेको छैन् । भन्नुको तात्पर्य नेपालको शिक्षा प्रणलीमा निति तथा सिस्टमको दोस रहेको छ ।
त्यस पछि अब यस प्रणाली भित्रको शिक्षाको किसिमको बारेमा छलफल गरौ, त्यो भनेको अप्राविधिक शिक्षा र प्राविधिक शिक्षा। अप्राविधिक शिक्षा भनेको त्यस्तो किसिमको शिक्षा जस्ले कुनै बिज्ञता हासिल नगरी साधारण किसिमको शिक्षा प्राप्त गर्दछन् । जस्ले उनीहरुलाई शिक्षित त बनाउछ तर कनै विज्ञताको ज्ञान दिदैन । अर्को प्राबिधिक शिक्षा जस्ले विद्यार्थिहरुलाई कुनै क्षेत्रमा बिज्ञ बनाउछ । उनिहरु काम गर्नमा दक्ष पनि हुन्छन ।तर उनीहरुमा देशको माग तथा आवश्यकता अनुसार काम गर्न काम गर्ने कलाको विकास भएको छैन् । उनीहरुलाई रेडिमेट जागिर चाहिन्छ । उनिहरु आफ्नो सिर्जनशिलताले आफु सग भएको सीप प्रयोग गरी केही गर्ने आंट नै हुदैन् ।हालको परिवेश अनुसार अप्राविधिक भन्दा केही हद सम्म प्राबिधिक शिक्षा राम्रो नै मानिन्छ ।यो शिक्षाबाट रोजगारी हुने सम्भावना पनी बढी रहन्छ ।
प्राबिधिक शिक्षा राम्रो हो भने यस्लाई सबैको पहुँचमा पुर्याउने सम्भावना छ त ? छैन् किन कि यो शिक्षा लिनको लागी अलि धेरै महङ्गो पर्न जाने हुदा सबैको पहुँचमा छैन् । यस्तो शिक्षा लिनलाई धेरै महङ्गो पर्ने हुदा गरिब तथा कम पारिवारि आयस्रोत भएको विद्यार्थिहरुले यो शिक्षा लिने सम्भावन न्युन रह्यो, लिए पनी विभिन्न किसिमको अभावले गर्दा उनिहरु राम्रो तरिकाले शिक्षा आर्जन गर्ने वातारण प्राप्त गर्न सक्दैन्न । हाम्रो देशमा प्राबिधिक शिक्षा प्राप्त गरेका विद्यार्थिहरु पनी वेरोजगार हुनु अवस्था आउनु भनेको हाम्रो शिक्षा नितिको दोष रहेको छ
बिज्ञापन
चर्को शुल्क हुनु नेपाली विद्यार्थिहरुले गुणस्तरिय, प्राबिधिक शिक्षा प्राप्त गर्नबाट बन्जित हुनपरेको अर्को यर्थार्थता हो । स्कुल/कलेज फिस अभिभावकले तिर्न नसक्दा नै कैयौ विद्यार्थिहरुले पढ्न नपाउदै विदेशिनु पर्ने, पढे पनि नेपालमा पढेर केही काम छैन भन्ने कमजोर मानशिकताका साथ खालि सर्टिफिकेट लिनको लागी पढ्ने प्रचलन रहेको छ । अहिले त फेरी विद्यार्थिमा आएको फ्रस्टेसनले गर्दा विद्यालय/ विश्वविद्यालयहरुमा विद्यार्थिहरु भेटिनै छोडेको छन् ।यो सबैको दोषी सरकारले लिने निति तथा शिक्षा प्रणाली नै हो ।
समय अनुसार हरेक क्षेत्रमा थेरथोर स्वस्फुर्ता विकास हुने गर्दछ ।त्यो नेपालको शिक्षामा पनि भएको विषय नकार्न सकिदैन तर समग्रमा नेपालको विद्यमान शिक्षा प्रणालीले नेपाली समाजलाई के दियो, आम जनजिवनमा कस्तो प्रभाव पार्यो, शिक्षित र अशिक्षितमा के भिन्नता भयो । प्रत्यक्ष राष्ट्रलाई के सहयोग भयो यो मुल्याङ्कन गर्नु नै पर्छ । शिक्षाले मानिसलाई विवेकी ईमान्दार, जिवनयापन गर्न सहज पार्ने,व्यवसायिक उद्यमि लगायत विविध पेशामा कर्मनिष्ठ बनाउनु पर्थो तर हाम्रो शिक्षा त्यसो भएन । हाम्रा अविभावकहरुले राम्रो र गुणस्तरिय शिक्षाको नाममा धेरै पुँजी, लगानी र समय खेर फालिरहेको छन् । जुन स्तरमा प्रर्तिफल आउनु पर्ने थियो त्यो आउन सकेको छैन्। बरु बदलमा गुणस्तरिय शिक्षा दिने नाममा निजि स्कुल कलेजहरु ठगी गरे, कन्सलटेन्सिको नाममा दलालहरुको हालीमुहाली भयो, चर्को शुल्क तिरेर पढेको विद्यार्थि पनि बेरोजगारी छन्, व्यक्तिलाई श्रम नगर्ने परिपाटी बसायो, जिविकोपार्जनको लागी समेत रोजगारी नपाउदा गलत बाटो अगाल्न पुगेको छन्। सरकारले शिक्षाको विषयमा बनेको सबिधानमा नै उल्लेखित केही राम्रा निति अनिवार्य र निशुल्क शिक्षाको समेत व्याहारिक रुपमा कार्यान्यन गर्न सकिरहेको अवस्था छैन् । यस्तो किन हुन्छ भने यो कार्यान्यनको पाटोमा सरकारको लापरबाही हो । अझै भनौ राज्यले स्पस्ट नितीका साथ कार्य गर्दैन तब सम्म कार्य गर्न नसक्नु हो ।
त्यसो भए यो शिक्षा सुधार गर्न के गर्न सकिन्छ त ?
शिक्षा मानिस जन्मे देखि मृत्यु नहन्जेल सम्म आवश्यक पर्ने ज्ञान हो । शिक्षाले व्यक्तिलाई सक्षम, विवेकी, सहि निर्णय लिन सक्ने, आत्मनिर्भर, उद्यमशिल, आदर्श बानिबेहोरा, मानवता, सकरात्मक सोचाईको विकास हुनु पर्छ।यो राम्रो शिक्षा प्राप्त गर्ने व्यक्तिमा हुनु पर्ने न्युनतम गुण हो ।आजको युगमा विश्व विज्ञान र प्रबिधि संगै निकै अगाडि बढिरहेको छ । त्यसैले आजको आवश्यकता भनेको बैज्ञानिक शिक्षा प्राप्त गर्नु गर्नु हो । सरकारी विद्यालय र निजी विद्यालय , मा कुन राम्रो कुन नराम्रो, कुन विद्यालयमा गुणस्तरिय शिक्षा कुनमा गुणस्तरहिन शिक्षा, यो गलत हो । यो दुष्ट्रिकोणलाई बहसको विषय नै बनाईनु हुदैन । राज्यले सबै नागरिकको लागि एउटै किसिमको शिक्षा प्रणाली अवलम्बन गर्नु राज्यको कर्तव्य रहन जान्छ । त्यसैले सरकारले वैज्ञानिक शिक्षा निती अवलम्वन गर्नु आजको आवश्यकता हो ।
यो नै हालको लागी उत्कृष्ट र माटो सुहाउदो शिक्षा हुन जान्छ । यो शिक्षा आजको पुँजिबादको चुङ्गलमा फसेर काम नलाग्ने बनेको शिक्षाको विकल्प हो । यसममा समाजको आवश्यकतालाई ध्यानमा राखेर विद्यार्थिलाई सक्षम बनाउनु हो । यो शिक्षा विद्यार्थिको प्रत्यक्ष जिवन सग जोडिने हुन्छ । यो शिक्षा व्यक्तीलाई रोजगारीको ग्यारेन्टि सहित उद्यमशिलता विकासमा केन्दित रहेको हुनु पर्छ । जस्ले गर्दा देशको वेरोजगारी समस्यलाई सजिलै हटाउने गर्दछ । यस शिक्षाले देश र राष्ट्रियताको विषयमा एक भएर लागिरहने हुन्छ सामाजिक भावाना कायम रहेको हुन्छ। आफ्नो कला र संस्कृतिको जोगेर्ना गर्ने पक्षमा राष्ट्रिय रुपमा मै सबै जनता एकमता रहन्छ । यो शिक्षाले राजनितिक, सामाजिक र आर्थिक विषयमा विषयलाई उठान गरी देशको आवश्यकता अनुसार सहि सदुपयोग गरी सहि रुपमा परिचालन गर्ने पक्षमा रहेको हुन्छ ।यो देशको आवश्यकतालाई ध्यानमा राखी व्यवाहारिक बनाएको हुन्छ । यस्को सुन्दर पक्ष भनेको यो शिक्षा प्रादान गर्ने मुख्य भुमिका भनकै सरकारको रहेको हुन्छ । सरकारले सबै नागरिको लागी समान शिक्षा दिन्छ । यस्ले विद्यार्थिको आफु संग भएको पुँजी र पावरको आधारमा शिक्षा दिने विषयलाई निरुत्साहित गर्दछ। यस्मा आजको जस्तो वर्गिय विभेद रहदैन् । सबैको क्षमता अनुसार शिक्षामा समान अवसर हुन्छ । यो शिक्षा प्रदान गर्न राज्यले नै लगानी गर्नु पर्छ । राज्यले निशुल्क प्रदान गर्नु राज्यको अनिवार्य कर्तव्य रहन जान्छ।यो बस्तुनिष्ठ हुन्छ । यस्ले यथार्थलाई अंगिकार गरेको हुन्छ ।
यसरी एउटा व्यक्ति, समाज, र समग्र राष्ट्र बैज्ञानिक शिक्षाको विषयमा प्रशिक्षित हुदा देशको समग्र शिक्षा क्षेत्रमा आमुल परिवर्तन आई देश विकासको खम्बाको रुपमा ति विद्यार्थिहरु नै प्रयोग हुने गर्दछन् ।जस्ले गर्दा देश समृर्दिको यात्रामा पुग्न धेरै समय कुर्नै नै पर्दैन् ।यो शिक्षाको पुर्वाधारको रुपमा रहेको बैज्ञानिक समाजबाद पनि यस्को अभिन्न अंग हो । त्यसैले बैज्ञानिक समाजबाद र बैज्ञानिक समाजबादले अंगाल्ने समाजबादी शिक्षा नितिले समग्र देश रुपान्तर गर्ने सपना साकार पार्न आजको विद्यार्थि तयार रहनु पर्छ ।





