बिगुल पेस

मुलुक यतिबेला दलाल पुजीवादी संसदीय व्यवस्थाको गहिरो सङकटमा छ । जनताको दैनिक जिबन आर्थिक सामाजिक दृष्टिले असाध्यै कष्टकर भैरहेको छ । जनताको निरासा र बितृष्णाले सिमा नाघेको अवस्था छ । काम गरिखाने श्रमिक, मजदुर बर्ग , किसान , ब्यापारी , उद्धमी व्यबसायीहरु मात्रै नभएर राष्ट्रिय पुजिपतीहरु समेत अहिलेको
आर्थिक  सङकटका कारण सहजताको सास फेर्न सकिरहेको अवस्था छैन ।

बिज्ञापन

देश इतिहासकै चरम आर्थिक सङकटमा भैरहेको बेला नेपालका बैंक , बित्तीय तथा सहकारी संस्थाहरुले चर्को ब्याज असुल गरी जनताको ढाड सेक्ने काम गरिरहेका छन । बैङ्कहरुले नै १८% सम्म ब्याज असुल गरेर आर्थिक मन्दिको बेलामा लुट गरिरहेका छन । लघुबित्तले त झन चक्रीय ब्याज असुल्ने नियतले सावाँको ब्याज र जरिवाना , व्याज र जरिवानाको समेत फेरि ब्याज लाग्ने गरी असुल उपर गर्ने र कतिपय  ऋणको नवीकरण गराउने काम गर्ने , ऋणी व्यबसायी तथा ब्यापारीहरुलाई चर्को  दबाब दिने , लघुबित्तहरुले महिलाहरूलाई धम्क्याउने , घरमा ताल्चा लगाउने ,बाख्रा कब्जा गर्ने , गरगहना लिने र घर छोडी भाग्न बाध्य पार्ने अमानवीय हर्कत गरिरहेको मात्रै होइन धेरैले आत्महत्या गरेको घटनाहरु दिनप्रतिदिन आइरहेका छन । ब्याजदरकै कारण कालोबजारी बढ्ने , उपभोक्ताहरुको ढाड सेकिने गरी उपभोग्य बस्तुहरुको अत्यधिक मुल्य वृद्धि भएको छ ।  नेपाली किसानहरूको उत्पादनले मुल्य नपाएर खेर गएको छ । भारतीय बिषाक्त उत्पादनलाई बिषादी परिक्षण बिनै उपभोक्ताले प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था छ । समग्रमा हाम्रो देश बिदेशी शक्ति राष्ट्रको चङ्गुलमा ,राजनीतिक दलाल , बित्तीय माफिया र बजारिया बिचौलियाहरुको पन्जामा परेको छ । हामी यो बर्बर  अवस्थाबाट देश र जनताको मुक्ति चाहन्छौं । त्यसैकारण हाम्रो पार्टी  एकीकृत जनक्रान्ति कार्यदिशा मार्फत देशको सम्पूर्ण समस्याको कारक अहिलेको दलाल पुजीवादका विरुद्धको लडाइँमा छ , बैज्ञानिक समाजबादको स्थापनाको संघर्षमय यात्रामा छ ।

बिज्ञापन

हामी स्पष्ट छौं कि कुनैपनि ऋणीले ऋण तिर्दैन भनिरहेका छैनन । मात्रै अहिलेको चरम आर्थिक सङकटको असर र बैङकको चर्को ब्याजदर अनि बैंक तथा बित्तीय संस्थाहरुको सहिनसक्नु दबाबको प्रतिरोधमा छन । तर नालायक सरकारले जनताको मर्कामा साथ दिनुको सट्टा जनताको आवाजलाई निरुत्साहित गरिरहेको छ । लुटेरा धन्दाको बचाउमा लागेको छ । स्वदेशमै रगतपसिना बगाएर केहि गरौ भन्ने ब्यबसायीहरुलाई झन निरास तुल्याउने गरी नेपाल राष्ट्र बैङक लुटेरा धन्दाको अगाडि निरिहता प्रदर्शन गर्दै रमिते भैरहेको छ र उल्टै ब्यबसायीहरुलाई निरास तुल्याउने अभिव्यक्ति दिइरहेको छ ।

यस सन्दर्भमा हाम्रो पार्टीले  बैंकको तथा बित्तीय संस्थाको चर्को ब्याजदर नियन्त्रण गर्न , ऋण तिर्ने भाखालाई सहज गर्न , चर्को दबाब नदिन , बस्तुभाउ कब्जा नगर्न र यी समग्र पक्षलाई नितिगत सम्बोधन गरी जनताको कठिनाईलाई सरल बनाउन नेपाल सरकार , नेपाल राष्ट्र बैंक र सम्बन्धित संघ संस्थाहरुलाई समेत आह्वान गर्दै देशभर संघर्ष जारी रहेको अवस्था छ । बिडम्बना कुनै पनि निकायले आजका दिन सम्म कार्यान्वयन नगरेको हुदा पश्चिम अछाम जिल्लामा बैङ्क तथा लघुबित्त संस्थाहरुको बित्तीय कारोबार ( खास गरी किस्ता तथा ब्याज असुली) लाई पूर्ण रुपमा प्रतिबन्ध गरिएको कुरा यसै बिज्ञप्तीद्वारा सबैमा जानकारी गराउछौ  । यसबाट उत्पन्न हुने कुनै पनि परिणामको जिम्मेवारि सम्बन्धित संस्था नै हुने पनि हाम्रो पार्टी जानकारी गराउदछ ।

बिज्ञापन

क्रान्तिकारी अभिबादन सहित !
निरक सी                                      मिना सि
सेक्रेटरी                                            इन्चार्ज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel