कति होला रमाउने मन ,मेरा बा आमाको।
दु:ख मात्रै बढ्छ झन झन ,मेरा बा आमाको।
मलाइ पढाउनकै लागि कैले भोकै निदाउनुपर्छ।
त्यति सहज छैन जीवन ,मेरा बा अमाको।

बिज्ञापन

जिन्दगानी मूल्य बिहिन अनि सस्तो, लाग्छ।
नरमाइलो लाग्छ,मनमा कस्तो कस्तो, लाग्छ।
यतिका मान्छेको भिडमा एक्लो महसुस हुन्छ।
जब यो ,मनको मान्छे टाढिय जस्तो ,लाग्छ।

बिज्ञापन

आफै खानुभो आफै ओकल्नुभो,यतिन्जेल सम्म
कति ढाँट्नुभो, कति छल्नुभो, यतिन्जेल सम्म
नेता ज्यु अब त देश पनि बदल्नुस अलिकती
हजुरले आफ्नै जीवन बदल्नुभो,यतिन्जेल सम्म

सम्झिन्छु टोलाउछ मन ,कस्तो भयो होला।
दिनदिनै याद आउँछ झन,कस्तो भयो होला।
बर्सौ भयो~यो बिरानो शहर पसेको पनि।
मैले खेल्ने गाउको आगन,कस्तो भयो होला।

बिज्ञापन

रमेश बिश्वोकर्मा।
अछाम।🎵🎶

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel