नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिती सदस्य शिलु सी ले वैज्ञानिक समाजवाद विना महिला मुक्ति असम्भव भएको ठोकुवा गरेकी छन । संयुक्त महिला संघ सङघर्स समितीद्वारा बुधबार काठमाडौंमा आयोजित ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेकी हुन् । उनले भनिन – ” आजको दिन गौरव दिन हो । तपाई हामीले आजको दिनलाई गौरवको दिनको रुपमा मनाउनु पर्छ । आजकै दिन महिलाले समान ज्यालाकाे लागि बिद्रोह गरेका थिए।आजको दिनमा सामन्तवाद र दलाल पुजीवादका उत्पीडनले आजका नारीहरु जीउँदै जल्नु पर्ने,झुन्डिएर मर्नु पर्ने बध्यता रहेको छ।”

बिज्ञापन


नेतृ शिलुले दलाल पुजिवाद्ले महिलालाई सामान बिक्री गर्न बिज्ञापनको साधन रुपमा प्रयोग गरेको र लघुबित्त र बित्तिय सस्थाका नाममा महिला माथिको उत्पीडन झन बढ्दै गएको बताइन । उनले भनिन – ‘ धर्मका नाममा महिलाहरु माथी उत्पीडन झनै छ ,महिलाहरु रोजगारिका नाममा बिदेसिनु पर्ने बाध्यता छ । यो सबै समस्या दलाल पुजीवादले निम्त्याएको हो। त्यसकारण सबै महिला दिदि बहिनी एकजुट भए दलाल संसदीय ब्यबस्थाको अन्त्य गरि देशमा बैज्ञानिक समाजवाद स्थापना गरेर महिला उत्पीडनको अन्त्य गर्न सबै लाग्नु पर्छ । नेकपाकी नेत्री बन्धु सि को अध्यक्षता सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी स्थायी सदस्य शिलु सि, अतिथी बन्धु सि ,खुमा सि, आस्था सि, रहेका थिए भने कार्यक्रमको सन्चालन बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकि नेतृ धनकुमारी रिमालले गरेकि थिइन । कार्यक्रममा गजल, कविता, नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel