लामो समयसम्म सामन्तवादी राज्य सत्ताले पारेको प्रभाव, सामन्तवादी उत्पादन प्रणाली र सामन्ती सामाजिक संरचनाको प्रभावले नेपाली युवाहरूमा त्यही सामन्तवादी मनोविज्ञानको प्रभाव रहँदै आएको थियो । यो सामन्तवादी मनोविज्ञानलाई १० वर्षे महान जनयुद्वले चिरफार गर्दै समाजवादी समाजको निर्माण गर्ने तिर थियो । तर जनयुद्वलाई विचबाटामै अलपत्र पारेर प्रतिक्रान्तिमा रूपान्तरण गरिएपछि सामन्तवादी निम्नपुँजीवादी प्रवृति हाबी हुदै जादा युवा मनोविज्ञान पनि सामन्तवादी निम्नपुँजीवादी संस्कारबाट पूर्णरूपमा मुक्त हुन सकेको छैन । त्यसैले आगामी दिनमा वैज्ञानिक समाजवादी समाजको निर्माणको लागि राजननीतिक वैचारीकरूपमा संघर्ष गर्दै विश्वदृष्टिकोण मार्फत दलाल पुँजीवादी हस्तक्षेपले तयार पारेको दलाल चरित्र र मानसिकताका विरुद्धको संघर्षलाई झनै तीव्रताका साथ अगाडि बढाउन पर्ने दायित्व यतिबेला क्रान्तिकारी युवाहरुको काँधमा आएको छ ।युवाहरू जोश,साहसले भरिपुर्ण छन् ।
अहिलेका युवाहरू चेतनाका दृष्टिकोणबाट पनि निकै अब्बल छन् । उनिहरू अहिलेको विज्ञान प्रविधिसँग निकट छनछन् । यो निकै खुशिको कुरा हो । यसका साथसाथै युवाहरूले दृष्टिकोणमा पनि स्पष्ट हुन जरुरी छ । युवाहरूको आफ्नो विश्वदृष्टिकोण हुन जरुरी छ । यो भएन भने युवाहरू जति जुझारू जतिसुकै क्षमतावान भएपनी जीवन र यो जगतको रूपान्तरणमा जटिलता सिर्जना हुने छ । त्यसैले युवाहरुले विश्वदृष्टिकोण मार्फत आफुलाई जुझारुप बनाई राख्न अत्यावश्यक छ ।
बिज्ञापन
१)विश्वदृष्टिकोण भनेको के हो त :
विश्वदृष्टिकोण भनेको दर्शनशास्त्रको आधारभूत सवाल हो। या विश्वदृष्टिकोण भन्नू नै दर्शन हो । यहाँ विश्वको अर्थ यो विश्व अर्थत प्रकृति र मानव समाज हो ।
हामीले मालेमावी दर्शलाई आत्मासात गर्दै विश्वको प्रकृति र मानव समाजलाई हेर्ने दृष्टिकोणलाई/ दर्शन भनिन्छ । हामी क्रान्तिकारी युवाहरु मार्क्सवादी हौं । मालेमावादी दर्शनलाई केवल किताबी ज्ञानका रुपमा होइन, सिद्धान्तलाई व्यवहारसित जोड्ने मिलाउने कुराको माग गर्दछ । व्यवहारबाट सुरु गरेर सिद्धान्तमा जाने र सिद्धान्तलाई व्यवहारसित जोड्ने काम नै दर्शनको महत्त्वपूर्ण काम हो ।यसकारणले आधुनिक युवाहरुले आफुलाई विश्वदृष्टिकोणमा रुपान्तरण गर्नु सक्नु पदर्छ । हामी एक्काइसौं शताब्दीमा नेपालमा बैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नाको लागि। हाम्रो महान् अभिष्ट बैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जानु हो । वैज्ञानिक समाजवादी क्रान्तिमा युवा समुदायले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छन । महान जनयुद्वको प्रक्रियामा जनमुक्ति सेना, संयुक्त मोर्चा र अन्य विभिन्न तहका संगठनहरुमा रहेर युवहरुले त्याग, वीरता र बलिदानका क्षेत्रमा उच्च कीर्तिमान कायम गरेको थियो । त्यसकारणले क्रान्तिलाई विजयको दिशामा अगाडि बढाउनका लागि युवाहरुको अझै उच्च प्रकारको भूमिका निर्वाह गर्रेका थिए। यो भुमिका पूरा गर्नका लागि युवाहरुले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणलाइ समृद्ध बनाउन जनताको बिचमा जनदिशा र जनसम्बन्ध मार्फत बनाउने काम भएको थियो ।
बिज्ञापन
२)युवाहरूमा विश्वदृष्टिकोणको आवश्यकता :
दर्शनको सारतत्त्व भनेको सिद्धान्त र व्यवहारमा एकरूपता कायम गर्दै युवाहरुको दायत्व स्वयम् आफू र सिंगो संसारलाई बदल्नु हो ।संसार बदल्ने युवाहरुको महान् विश्वदृष्टिकोण हुन्छ र हुनुपर्दछ ।अनि मात्रै युवाहरुमा उच्च प्रकारको सपना वा महान् आदर्श जन्माउछ । त्यसप्रकारको सपना वा आदर्श व्यक्तिगत हित वा तुच्छ स्वार्थभन्दा धेरै माथि उठेको हुन्छ । यस्ता सपना देख्ने र उच्च आदर्श युवाहरूमा हुन जरुरी छ। युवा मार्क्सले एक युवाको विचार शीर्षक लेखमा भन्नुभएको थियो । यदि कुनै व्यक्तिले केवल आफ्ना लागि मात्र काम गर्दछ भने ऊ एक प्रसिद्ध शिक्षाविद्व बन्न सक्तछ, एक महान् साधु बन्न सक्तछ, एक उत्कृष्ट कवि बन्न सक्तछ तर ऊ वास्तविक अर्थमा पूर्ण र महान् मान्छे बन्न सक्दैन । यी महान् विचार र तिनलाई व्यवहारमा ढाल्न समर्थ बन्नुको कारण नै मार्क्स साँच्चैको युवा अवस्थामा मार्क्स बन्नुभएको थियो । हामीले पनि जनताको मुक्तिको महान् आर्दशले अभिप्रेरित हुन हामी जनता र युवा र आम उत्पिडित जनताहरुको माझमा पुग्ने संगठन निर्माण गर्न पार्टीको कार्यदिशा र राजनितिक वैचारीक , संगठन , संघर्ष र प्रचारात्मक कामलाई विश्वदृष्टिकोण वा मालेमावादी दर्शनलाई आत्मासात गर्दै क्रान्तिकारी युवाहरु कुनै क्रान्तिकारी संगठनको पूर्णकालीन वा अल्पकालीन सदस्य बनेर वैज्ञानिक समाजादी क्रान्तिको ऐतिहासिक प्रक्रियामा संलग्न हुन पाएकोमा आफूलाई युवाहरुले गौरवान्वित ठान्नु पर्दछ ।
परुन्तु क्रान्तिको प्रक्रियामा क्रान्तिकारी युवाहरूले सपना देख्नु पर्दछ । लेनिनले पनि सपना देख्ने कुराको महत्त्वलाई राम्रोसंग बुझ्नुभएको थियो ।त्यसैले लेनिनले भन्नुभएको थियो साथी हो, सपना देख्नु पर्दछ । लेनिनको सपनाले मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै त्यो विज्ञानलाई लेनिनवादका रूपमा विकसित तुल्याउने अवसर प्रदान गर्यो । रुसमा समाजवादी क्रान्ति सम्पन्न गरिसकेपछि युवाहरूको कामबारे लेनिनले एउटै शब्दमा भन्नुभएको थियो र त्यो शब्द थियो सिक्नु त्यो सिक्नु भनेको लेनिनको भनाइमा साम्यवादको शिक्षा थियो । लेनिनले भन्नु भएको थियो काम बिना र संघर्ष बिना साम्यवाद सम्बन्धी पुस्तिकाहरु र रचनाहरुबाट प्राप्त हुने किताबी ज्ञानको कुनै अर्थ हुँदैन । किनभने त्यसले पुरानो बुर्जवा समाजको सबैभन्दा घृणित विशेषताको रुपमा देखापर्दै आएको सिद्धान्त र व्यवहारका बिचको पुरानो अन्तर अर्थात् सम्बन्ध विच्छेदलाई कायमै राख्नेछ । शिक्षाबारे अर्थात् ज्ञानबारे लेनिनद्वारा प्रस्तुत यी विचारहरु अत्यन्तै मूल्यवान् रहेका छन् । सिद्धान्त र व्यवहारका बिच पर्खाल खडा गर्नु तथा भनाइ र गराइमा एकरुपता कायम नहुनुलाई पुँजीपति वर्गमा देखापर्ने चरम मूल्य संकटका रुपमा लिने गरिन्छ । यहाँ सिद्धान्त र व्यवहारका बिच द्वैतवादको पर्खाल खडा गर्ने चिन्तनमाथि कडा राजनितिक वैचारिक संघर्ष गर्दै क्रान्तिकारी युवाहरुले प्रशिक्षित , सतर्क र सफल हुने छ ।
माओले आफ्नो प्रसिद्ध दार्शनिक कृति व्यवहारबारेमा भन्नुभएको छ: आत्मगत र वस्तुगत पक्ष सिद्धान्त र व्यवहार , भनाइ र गराइका बिच ठोस ऐतिहासिक एकरुपता कायम गरिनु पर्दछ ।हामी क्रान्तिकारी युवाहरुले पनि यो बिषयलाई पार्टी र युवा संगठनले उत्पिडित जनताको बिचमा पुगेर आफुलाई जनताको बिचबाट रुपान्तरण हुदै सिद्वान्त र ब्यवहारमा एकरुपता कायम गर्दै क्रान्ति गर्ने पार्टी र संगठनको निर्माण गर्नुपर्दछ । एक चोटी क.माओले युवाहरूलाई उदृत गर्दै भन्नु भएको थियो ” क्रान्तिकारी युवाहरुले मार्क्सवाद–लेनिनवादलाई दह्रोसंग पकड्न र निम्न-पुँजीवादी चेतनाबाट मुक्त हुन प्रशिक्षित गर्नु, उनीहरुलाई अनुशासन तथा संगठनमा आबद्ध हुने र संगठनमा अराजकतावाद तथा उदारतावादको विरोध गर्नेबारे प्रशिक्षित गर्नु ।उनीहरुलाई तल्लो तहका व्यावहारिक गतिविरोधहरुमा राम्रोसँग संलग्न बन्ने र व्यावहारिक अनुभवहरुलाई तिरस्कार गर्ने कुराका विरुद्ध संघर्ष गर्नेबारे प्रशिक्षित गर्नु ।उनीहरुलाई मजदूर तथा किसानहरुसित घनिष्ठ सम्बन्ध कायम गर्ने र किसान तथा मजदूरहरुलाई हेप्ने कुराको विरोधमा प्रशिक्षित गर्नु।”
माओको माथी उलेखित भनाईलाई क्रान्तिकारी पार्टी र क्रान्तिकारी युवाहरुले आत्मासात गर्दै युवाहरूलाई सांगठित बन्नु र सांगठनिक क्षेत्रमा देखापर्ने उदारतावाद र अराजकतावादका विरुद्ध जुझ्न लागि राजनितिक वैचारिक रुपमा स्पष्ट हुदै विश्वदृष्टिकोण मार्फत राजनितिक वैचारिक रूपबाट नै भन्डाफोड गर्ने कुरामा विशेष जोड दिनु पर्दछ । साथै युवाहरुलाई व्यवहारमा जाने र त्यहाँबाट प्राप्त नयाँ अनुभवहरुले समृद्ध बन्ने बारे जनताबाट नै प्रशिक्षित हुनुपर्दछ । यसले सिद्धान्त, व्यवहार र पुन सिद्धान्तको मालेमावादी दार्शनको मान्यतालाई युवाहरुले राम्रोसँग बोध गर्ने छन् । र मजदुर , किसान जनसमुदायमा जानका लागि जनता र विधार्थीसंग युवाहरु जोडिनु भनेको लेनिनले कारखानाका मजदुरलाई जोडिनु जस्तै आज विधार्थीका कलेजहरु र जनताका टोल टोल र गाउँ-गाउँ बाट नै शिक्षा जनताबाट लिएर जनतालाई दिने जनदिशाको मान्यतामा आधारित बनाउन युवाहरु लालायित हुनुपदर्छ।
बिज्ञापन
३)जनयुद्वमा युवाहरुको बिश्वदृष्टिकोण :
जनयुद्वमा युवाहरु जनमिलिसिया , जनमुत्ति सेना जनकलाकार र आम पार्टी कमिटिमा र जनताहरूको विश्वदृष्टिकोणले वर्गसंघर्ष सहभागी हुदै दर्जनौ युद्वमोर्चामा लड्दै साहस , विरता , उत्साही युवाहरु टाउकामा कफन बाँधेर, आफ्नोले चिहान आफैँ खन्ने आँट साहस , त्याग, बलिदान, वीरता, शौर्य अर्थात् त्यो मृत्यु–सङ्घर्षको मूल्य बोध गर्दै विश्वदृष्टिकोण र क्रान्तिकारी विषय र यथार्थ दुवैलाई जन्मदिएको थियो । अनि मात्रै राजनीतिक परिवर्तन, सामाजिक क्रान्ति, जनयुद्ध र अधिकार प्राप्तिका विभिन्न संघर्षहरुमा युवाहरुको अतुलनीय योगदान बनेको हो । युवाहरुकै सक्रिय सहभागिताले देशमा परिवर्तन संभव भएको इतिहास साक्षी छ । शहीद बेपत्ता, घाइते-अपांगहरूको तथ्यांकमा पनि युवाहरु नै अगाडि छन् ।
परन्तु युवाहरुले अदम्य त्याग र बलिदानका कारणले माओवादी पार्टीले संनचाल गरेको बर्गसंघर्षले ८० प्रतिशत भूभाग कब्जा गर्न सफल भएको थियो । जनयुद्धले त्तत्कालीन शासक वर्ग, सामन्त वर्ग , शोषक वर्ग , प्रतिगामी वर्ग वा वर्गशत्रुको होस उडाएको थियो। त्यसले सामन्त शिविर ध्वस्त र तानासाही सैन्य शक्तिको जगै हल्लाइदियो। अनि नेपालका शासकले साम्राज्यवादी शक्तिको साहरा लिन थालेका थिए। प्रतिगामी, शोषक, सामन्त, अभिजात्य र सम्भ्रान्त तथा यथास्थितिवादी प्रतिक्रियावादीको होस उडाइदिनेकुरा चानचुने कुरा पनि थिएन । दुई सय पचास वर्ष देखि निरन्तर अपराध गर्दै आएको सामन्तवाद त्यसको पछि लागेर शोषण–दोहन गर्दै आएको प्रतिक्रियावादी राज्यसत्ता फालिदिएपछि अहिले तातो बालुवामा फालेको माछा झैँ छटपटाईरहेका छन। केही युवाहरू तातोबालुवामा छटपटाईरहेको माछाहस्तै छटपटाईराखेको राजतन्त्रात्मक सामान्ति व्यावस्थाको पुनरावृत्ति गर्ने स्वप्निल पागलपन रमाउन खोजेका छन् । खोसिएको लुटको स्वर्ग, अत्याचार अनि उत्पीडनको साम्राज्य सदाका लागि अवसान भएको राजतन्त्रात्मक साम्राज्य देखेर नै छटपटी सुरु भएको हो । गरिब–विपन्न–शोषित वर्गका आँसु–रगत–पसिनाले रक्ताम्य दरबार वा रङ्गीन महल ढलेपछि, मजदुर, किसान, श्रमजीवी वर्गलाई चुसिरहेको चुसाहा व्यवस्था फालेपछि, त्यस्तै अन्याय र अपराधको हालीमुहाली खोसिएपछि, त्यो खोस्ने जनयुद्धमाथि खनिनु कुनै नौलो कुरा होइन। जे भए पनि महान् जनयुद्धले दरबार र विलासी महल, तानासाही र निरङ्कुसता ढल्न युवाहरुको विश्वदृष्टिकोण सहि भएको कारणले नै सम्भव भएको हो । जसका कारण नेपालमा गणतन्त्र आयो र केही मात्रात्मक परिवर्तन भयो । तर पनि भने जस्तो व्यावस्था आएन । हामीले चाहेको व्यवस्था वैज्ञानिक समाजवाद ल्याउनको लागि हामी युवाहरुले फेरि दलाल संसदिय पुँजीवादी सत्तालाई फाल्न त्याग , बलिदानको मूल्य चुकाउन तयार बन्नुपरेको छ । यसका लागि जनयुद्धमा जसरी युवाहरूले मार्क्सवादी विश्वदृष्टिकोणलाई आत्मसात गरि सर्वहारा श्रमजीवी वर्गको मुक्तिका लागि बलिदानमा होमिको थिए त्यसरी नै वर्तमान समयमा पनि युवाहरूले वैज्ञानिक विश्वदृष्टिकोण -मालेमावादी विश्वदृष्टिकोण अगाँल्न जरुरी छ ।
अन्तत:
आज विश्वदृष्टिकोणमा स्पष्ट हुदै युवाहरुले नेपाली क्रान्ति वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशालाई नयाँ सन्दर्भमा सिर्जनात्मक ढंगले बुझ्न र कार्यान्वयन गर्न आवश्यक छ । सिद्धान्तको रक्षा, प्रयोग र विकास गरेर नै क्रान्तिलाई विजयको दिशामा अगाडि बढाउन युवाहरुले सक्नुपर्दछ।हामीले यहाँ मार्क्स-लेनिन-माओका केही भनाइहरुबारे जुन चर्चा गर्यौँ ती मूलतः आदर्श ,सिद्धान्त र व्यवहार तथा भनाइ र गराइसँग सम्बन्धित निकै महत्त्वपूर्ण दार्शनिक प्रश्न हुन् । हामी मूलतः सही र क्रान्तिकारी छौं । तर पनि आज हामीमा दार्शनिक रुपमा एउटा गंभीर समस्या देखापर्दै आएको छ । त्यो समस्या भनेको सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर, भनाइ एकातिर र गराइ अर्कोतिर, तथा आर्दश एकातिर र कर्म अर्कोतिर हुने द्वैतवादका विरुद्ध क्रान्तिकारी युवाहरुले कडा वैचारिक संघर्ष चलाउनु आवश्यक छ । मालेमावादी दर्शनले सिद्धान्त र व्यवहार, भनाइ र गराइ तथा आर्दश र कर्मका बीच द्वन्द्वात्मक एकरूपताको माग गर्दछ । यो बेला क्रान्तिकारी युवाहरुले विश्वदृष्टिकोणको प्रश्नमा ध्यान दिदै क.चे ग्वभाराकी छोरी अलैदाले आफ्नो बुवाको अस्थिपञ्जर पाउदा खेरि भन्नु भएको जस्तै “आज उहाँहरूको अस्थिपञ्जर हामीले फिर्ता पाएका छौं । तर उहाँहरू पराजित भएर यहाँ फर्कनु भएको होइन, बरू महानायक भएर फर्कनु भएको छ, अझ बेसी युवा भई, अरू बेसी शक्तिशाली र वीर भई, अरू बेसी महान योद्धा भई फर्कनु भएको छ ।यो भनाई र आर्दशले बिश्वभरिका क्रान्तिकारी युवाहरू ,बिधार्थीहरु र बुद्विजीवीहरुले आ-आफ्नौ ढंगले साम्राज्यवाद ,पुँजीवाद , दलाल संसदिय ब्यवस्थाका बिरुद्व बिद्रोह अझ बेसी युवा , झन साहसी अझ बेसी बलिदान गर्दै वैज्ञानिक समाजवादी क्रान्ति गर्ने विश्वदृष्टिकोणको निर्माण गर्दै क्रान्तिकारी युवाहरु तयार हुनुपर्ने छ ।
एल .बि सुजन
पोलिटब्युरो सदस्य नेकपा (बहुमत)






