शान्ति,समानता,समृद्धि वा बैज्ञानिक समाजवादी समाज,त्यो प्रकारको चेतना र दृष्टिकोण निर्माणको लागि विश्व र नेपालको कम्युनिस्ट आन्दोलन र विभिन्न प्रकारको वर्गसंघर्षको चरणमा धोका र गद्दारी दिएका कमरेडहरुलाई हामिले नियालेर हेर्ने हो भने अधिकांश धेरै किताब पढेकाहरुले,धेरै लेख्न जानेकाहरुले,राम्रा र दमदार भाषण गर्नेहरुले,औपचारिक बैठक,कार्यक्रम र प्रशिक्षणमा राम्रा र मिठा कुरा गर्ने कमरेडहरुले,नेतृत्वको नजिक रहन सधै प्रयत्न गर्ने कमरेडहरुले,विश्वविद्यालयमा
बिज्ञापन
स्नातक,मास्टर,एम.फिल,पि.एच.डि गर्नेहरु र बुद्धिजीवी भनिने कमरेडहरुबाट धोका हुँदै आएको पाइन्छ।तर हामीले अर्को तिर फर्केर हेर्ने हो भने अक्षर नचिनेका,कलम समात्न नजानेका,पढन नजानेका,विश्वविद्यालयको गेट र कक्षाकोठा नदेखेका,सधैं हातमा हतौडा लिएर महल बनाउने ति मजदुरहरु,हलो,गोरु र माटो सँग सधैं माया गर्ने ती गरिब किसानहरु,छाना नभएका चुहिएका झुपडि र त्यो भित्र रहने शरीर ढाक्न नसक्ने गरिबहरु,आरन चलाउने,जुत्ता सिलाउने,कपडा सिलाएर पेट भर्ने ती उत्पीडित र शोषितहरुले धोका दिएका र गद्दारी गरेका भन्ने कुरा इतिहासको पानामा विरलै भेटन सकिन्छ।त्यसकारण नेपालका कम्युनिस्ट नेतृत्व पंक्तिहरुको बारम्बार धोका र विचलनले गर्दा नेपालका उत्पीडित,किसान,मजदुर र क्रान्तिमा होमिने वर्ग,समुदाय,इमानदार नेता,कार्यकर्ताहरु दिन प्रतिदिन कम्युनिस्ट पार्टी र आन्दोलनबाट अलग हुँदै गइरहेका छन।नेपालमा त यस्तो बन्न गएको छ कि कम्युनिस्ट पार्टी भनेको समानता,समृद्धि र मुक्ति गर्ने पार्टी नभई दलाली गर्ने,ठग्ने,आफू र आफ्नो हिस्साको स्वार्थको लागि देश,जनता र उत्पीडित वर्गलाई जतिबेला पनि गद्दारी गरि सडक र झुपडीमै अलपत्र छोडेर जाने पार्टी हो भन्ने बुझाई बहुसंख्यक नेपाली जनमा पर्न गएको छ।त्यसकारण यस्तो जटिल र अविश्वास गरेको समयमा हाम्रो पार्टीको नेता,कार्यकर्ताले ती क्रान्तिको लागि हाम्रो आधार शक्ती भएको उत्पीडित वर्गहरुको विश्वास कसरी पैदा गर्ने,त्यसका निम्ति हाम्रो राजनितिक ज्ञान,सैद्धान्तिक ज्ञानको स्तर,हाम्रो कार्यशैली,अध्ययन शैली कसरी व्यवस्थित बनाउने,विचारधारात्मक रुपमा कसरी स्पष्ट बनाउने,हामी क्रान्ति प्रती कसरी प्रतिबद्ध,इमानदार,त्यागी बनाउने,सिद्धान्तलाई व्यवहारमा कसरी जोडने र हाम्रो जीवन शैली र कार्यशैली साधारण भन्दा साधारण बनाइ विचार,सिधाान्त र व्यवहारमा धनी कसरी बनाउने भन्ने प्रश्नको उत्तर खोज्नै पर्नेछ।त्यो सँगै हाम्रो पार्टी नेकपा(बहुमत)संसदीय संशोधनवाद सँग सबैप्रकारको संघर्ष गर्दै निरन्तर क्रान्तिको बाटोमा पाइला चाल्दै यहाँसम्म आइपुग्नु यो हाम्रो लागि महान उपलब्धिको रुपमा लिनुपर्छ।तर पनि हामी यहाँसम्म आइपुग्दा हामीले हाम्रो राजनीतिक,सैद्धान्तिक,संगठनात्मक उपलब्धि,कार्यशैली र सांस्कृतिक उपलब्धि के कति हासिल गर्यौँ वा गर्न सकेनौं त्यसको समिक्षा सहित सुधार गरेर अगाडी बढन जरुरी छ।संगठनात्मक उपलब्धिको रुपमा यहाँसम्म आइपुग्दा केही नयाँ कमरेडहरु पनि जोडिनु भएको छ भने अर्कोतिर बहुमत बनाउँदा शुरुवाती चरणबाट संघर्ष गरेका कमरेडहरु छुटेका बाहिरएका र निष्क्रिय हुँदै गएका छन।यसो हुनुको कारण हामिले कुनै पनि प्रकारको पुर्वाग्रह र मनोगत बाट बाहिर रहि मालेमावादी दृष्टिकोणले जाँच र अनुसन्धान गर्न जरुरी छ। सँगै हाम्रो पार्टीमा गरिब किसान,मजदुर,व्यापारी,क्रान्तिकारी
बिज्ञापन
लेखक,बुद्धिजीवी,कलाकार,पत्रकार किन जोडिएका छैन वा यसो भन्दा अझा उपयुक्त होला सिंगो नेपालमा कम्युनिस्ट पार्टी प्रती विकर्षण पैदा किन भएको छ।यस्तो प्रकारको वातावरण सृजना हुनुमा कुनै बाहिरी कारण नभइ आन्तरिक कारण नै प्रधान हो।त्यसका निम्ति हामीले नेपालको कम्युनिस्ट पार्टी,आन्दोलनमा पुन समिक्षा गर्न जरुरी छ।त्यो भनेको हाम्रो नेता,कार्यकर्ताको कम्युनिस्ट विश्वदृष्टिकोण अझ स्पष्ट बनिसकेको छैन,हाम्रो जिवनशैली,कार्यशैली पारदर्शी र साधारण बनाउन सकेका छैनौं,हामी आफ्नो सिद्धान्त र वर्गप्रती इमानदार,प्रतिबद्ध र त्यागी बन्न सकेको छैनौं,माक्र्सवादी सिद्धान्तलाई जीवन व्यवहारमा रुपान्तरण गर्न सकेका छैनौं,हामी सतही,बोक्रे भएका छौं,हाम्रो अध्ययन विश्वविद्यालयको कोठा र कागजबाट बाहिर गएर समाजमा पुगेर अध्ययन गरेका छैनौं,आदि यस्तै प्रकारको रुप र पक्षमा क्रान्तिकारी र व्यवहारमा कम्युनिस्ट विरोधी गतिविधि गर्दा हामीबाट इमानदार नेता कार्यकर्ता,किसान,मजदुर टाढिएका छन भन्ने कुरा बुझनु पर्छ।त्यसका निम्ति हामिले निम्न कुराहरुमा ध्यान दिनुपर्छ:
क) पद,प्रतिष्ठा र शक्ति प्राप्तिको लागि संघर्ष गर्ने प्रवृत्ति
हाम्रो पार्टीमा कैयौं नेता कार्यकर्ताहरुमा रुप र पक्षमा क्रान्तिको लक्ष्य र स्वार्थ देखिए पनी सारमा गएर हेर्ने हो भने पद,प्रतिष्ठा र शक्ति प्राप्तिको लागि उ संघर्ष गरिरहेको मात्र देखिन्छ।कसरी छोटो समयमा नेता बन्न सकिन्छ भन्ने कुरामा होडबाजी देखिन्छ।त्यसका निम्ति उसले नेताको दास बन्ने,नेतालाई प्रभावित बनाउने देखि लिएर जुनसुकै प्रकारको असैद्धान्तिक काम गर्न पनि तयार देखिन्छ।अर्कोतिर हेर्यौँ भने पार्टीको कार्यविभाजन र पदोन्नतिमा आफू र आफ्नो हिस्सा परेको खण्डमा आफ्नो स्वार्थ नमिल्ने सहयोद्दा र कार्यकर्ताहरुको मनोविज्ञान अनुसार कानेखुसी गरेर हो मा हो मिलाउने र फेरि माथी भने नेतालाई एकदम ठिक गर्नुभयो भनेर फुर्काउने,यदि आफू र आफ्नो हिस्साको कोहि मान्छे पदोन्नतिमा अटन सकेन भने बैठक देखि तलसम्म राजनैतिक हैसियत बिर्सेर सकेजती सबै प्रकारको विरोध र धम्कीको तरिकाहरु अपनाउने जस्ता नितान्त पद केन्द्रित,गुटकेन्द्रित जस्ता संकृणतावादी प्रवृत्तिहरु देखा पर्दै गएको छ।अर्को तिर पाका,अनुभवी र योगदान गरेर आएका कमरेडहरुलाई सम्मान नगर्ने र आफू मात्र सहि हो भन्ने मनोविज्ञान पनि भेटिन्छ।यसरी हाम्रो पार्टीले अब पार्टी भित्र पद,प्रतिष्ठा र शक्ति प्राप्तिको लागि संघर्ष गरिरहेको रुपमा क्रान्तिकारी,क्षमतावान,औपचारिक बैठकमा कहिले अन्धभक्त भएर समर्थन गर्ने कहिले विरोध मात्र गर्ने सतही र बोक्रे साथीहरूको विरुद्ध अर्को क्रान्तिकारी संघर्ष गर्न जरुरी छ।
ख)व्यवस्था र नितिबाट नभई पात्रबाट हल खोज्ने प्रवृत्ति
बिज्ञापन
कमरेडहरु हाम्रो क्रान्तिकारी पार्टी भन्दा बाहिर कुशल वक्ता,कुशल लेखक,कुशल बुद्धिजीवी,कुशल माक्र्सवादी कैयौं क्षमतावान मान्छेहरू पार्टी र क्रान्ती भन्दा बाहिर रहेका छन।अथाह क्षमता हुँदा पनि किन बाहिरकाले क्रान्तिको नेतृत्व गर्न सक्दैनन भने उनिहरु गलत नितिको व्यवस्थामा छन।यदि पार्टी भित्र पनि हामिले क्रान्तिकारी नीति बनाउन योग्य भएनौँ भने जुनसुकै पात्र गएपनी क्रान्ति अगाडी बढन सक्दैन।त्यसकारण एउटा पात्रको स्थानमा अर्को पात्र ल्याएर वा आएर हल हुन्छ भन्ने सोच्नु रवि र संसदवादी प्रवृत्ति हो।जहाँ व्यवस्था होइन अवस्था बदल्नु पर्छ त्यसका निम्ति एउटा पार्टी र पात्रको स्थानमा अर्को पार्टी र पात्र गएपछि हल हुन्छ भन्ने सोच्छन,जो नितान्त संशोधनवादी,संसदवादी र सैद्धान्तिक,राजनीतिक ज्ञानमा सतही र बोक्रे प्रवृत्ति हो।त्यसकारण नीति भनेको पार्टी भित्रको आन्तरिक व्यवस्था हो।नीति र व्यवस्था बैज्ञानिक भए पात्रले केही तलमाथि गरे पनि मुलभुत रुपमा त्यो पात्र चै नीति र पार्टीको आन्तरिक व्यवस्था अनुसार नै चल्नुपर्नु हुन्छ।त्यसकारण अर्को हामीले रवि र संसदवादी प्रवृत्ति विरुद्ध क्रान्तिकारी संघर्ष गर्न जरुरी छ।
ग) भडकिलो र उत्ताउलो जिवनशैली,कार्यशैली
कमरेडहरु हामी किन
अर्थवादी,सुधारवादी,अवसरवादी,पदलोलुप्त र संकृणतावादी हुन्छौं।त्यो किन भन्दा हाम्रो जीवन र कार्यशैली भडकिलो र उत्ताउलो बनाउँदा हामीलाई थोरै रकमले व्यवस्थापन गर्न सक्दैनौं।जसकारण ठुला भन्दा ठुला सहरमा पुगेर राम्रा पदको जिम्मेवारी लिएर हामिले आन्दोलन र संघर्षलाई सम्झौता र अर्थमा लगेर विश्राम लिनुपर्ने बाध्य हुन्छ।जसले गर्दा पार्टी भित्र सम्झौतावाद र अर्थवादको बिउ रोप्नु भनेको एकहद सम्म हाम्रो भडकिलो जिवनशैली पनि हो।हाम्रो जिवनशैली र कार्यशैली कस्तो हुन्छ भन्ने कुरा हाम्रो दृष्टिकोणमा भर पर्छ।अझ उसको जिवनशैली र कार्यशैलीमा नै उस्को दृष्टिकोण देख्न सकिन्छ। त्यसैले हामिले जिवनशैली साधारण भन्दा साधारण बनाई कम खर्चिलो बनाउनुपर्छ र साँच्चै हाम्रो सर्वहारावर्गिय जिवनशैली र कार्यशैली बनायौँ भने मात्र क्रान्ति हुन्छ।उत्ताउलो र भडकिलो जिवनशैली र कार्यशैलीका विरुद्ध संघर्ष गर्न जरुरी छ।
घ)पठन संस्कृति र अध्ययन शैली
पार्टीको आन्तरिक जिवनमा दुई प्रकारको प्रवृत्ति हाबी भएको छ।पहिलो अध्ययनको नाममा विधालय,विश्वविद्यालयको घेराभित्र रहिरहने,कोठा र कागजको अक्षरमा मात्र सिमित भएर नेता,कार्यकर्ता र सहयोद्दाको अगाडी बुद्धिजीवी,अध्ययनशील र सैद्धान्तिक देखाउन खोज्ने प्रवृत्ति रहेको छ भने दोस्रो किताब पढेर क्रान्ती हुन्छ,माक्र्सवाद-लेनिनवाद-माओवाद पढेर क्रान्ती हुन्छ भन्दै अध्ययन नै नगर्ने।पहिलो मनोगतवादमा गएर फस्ने र दोस्रो सिद्धान्त बिनाको व्यवहारवादमा गएर फस्ने अन्तत दुवै प्रवृत्तिले अवसरवाद,दुस्साहसवादमा लागि पार्टी र क्रान्तिलाई गोलचक्करमा पार्दै संशोधनवाद र आर्दशवादमा लैजाने खतरा हुन्छ।यी दुवै प्रवृत्तिबाट मुक्त हुन पहिला मालेमावादीलाई बुझनका निम्ति मसिनो गरि अध्ययन गर्न पर्यो दोस्रो अध्ययन पश्चात मालेमावादलाई प्रयोग गर्दै विश्व र नेपालको राजनैतिक,आर्थिक,सैनिक र साँस्कृतिक समस्याको विगतको इतिहास र वर्तमानको अवस्थाबारे अध्ययन गर्ने। यसप्रकारको अध्ययन गर्न पहिलो विभिन्न प्रकारको सम्बन्धित किताबहरु अध्ययन गर्ने दोस्रो त्यो सहि होकि होइन जाँच र अनुसन्धान गर्न समाजको(धनी,मध्यम,गरिब)किसान,मजदुर,व्यापारीको साथै राजनीतिक,आर्थिक,सांस्कृतिक र सेनाको बारेमा जानकार लिन समाजमा नै सक्रिय सहभागी भइ तथ्य सहित पार्टीमा सुचना संकलन गर्ने।त्यही आधारमा हामिले हाम्रो ज्ञानलाई प्रयोग गर्दै जनताको अवस्थाबारे सहि तथ्य लिएर क्रान्तिको कार्यनीति,कार्यक्रमहरुमा थप समृद्धि गर्दै अगाडी बढन सकिन्छ।यसो गर्दा पार्टी र क्रान्तिलाइ हामिले मनोगतवाद,अवसरवाद,दुस्साहसवाद अन्तत समग्र सुधारवादबाट जोगाउन सक्छौं।
अन्त्यमा आजको अवस्थामा कम्युनिस्ट पार्टी प्रती शंका र अविश्वासका प्रश्नका जटिल जंजिरहरुले बाँधिएका छन।यसको जवाफ हामिले क्रान्तिकारी विवेक,साहस,धैर्यताको साथ दिनु छ र वर्गसंघर्षको भट्टिमा क्रान्तिकारी व्यवहारले ती जंजिरहरुलाई तोडनु छ। त्यसका निम्ति आज र अहिले देखि नै हामी हाम्रो वर्गप्रती इमानदार,प्रतिबद्ध,त्यागी हुनको साथै जिवनशैलि र कार्यशैली सरल र साधारण बनाउनु,नेताहरुलाई हामिले आफ्नो स्वार्थको निम्ति कुनै पनि प्रकारको दबाब र प्रभावमा नपार्ने,नेताहरु पनि कुन कार्यकर्ताको मन दुख्ला,पार्टी छोडला भन्ने भ्रम बाट मुक्त भइ निष्पक्ष निर्णयहरु गरि कार्यक्रमहरु बनाउने,हामी हाम्रा सहयोद्दा र कार्यकर्ताहरुलाई सम्मान गर्नुको साथै कहिँकति पनि पुर्वाग्रह नबन्ने,दिनभरी कुरा काटने,चाकडी गर्ने र गुटको हिस्सा बनाउन समय खर्च नगर्ने,नेताले के माग गरेको छ त्यही अनुसार मुखका शब्दहरु निकाल्ने काम बन्द गर्ने,आफ्नो स्पष्ट दृष्टिकोण राख्न नडराउने,अध्ययन र जानकार बिना प्याच् नबोल्ने,अध्ययन र लेखनशली लाई हामी ठुलाठालु,बौद्धिक र सैद्धान्तिक देखाउनका निम्ति जबर्जस्ति घिसेपिटे तरिकाले पढने लेख्ने कार्यलाई बन्द गर्दै हामी हाम्रो वर्गसंघर्षमा विजय हुन र समाज बदल्ने उदेश्यका साथ अध्ययन शैलि र पठन संस्कृतिलाई जोडने र व्यवस्थित बनाउने र त्यसलाई व्यवहारमा जोडने,पार्टले लिएको नितिलाई जनतामा पुर्याउने र त्यो नीति,कार्यक्रम सहि र वस्तुवादी छकी छैन भन्ने जाँच र अनुसन्धान गर्दै जनताको वास्तविक समस्या र स्थितिलाई आफ्नो स्वार्थबाट माथी उठेर तथ्य सहित पार्टीमा सुचना केन्द्रित गर्दै जनताको वास्तविक धरातलमा पुन अर्को नीति कार्यक्रम बनाएर जनतामा लैजाने र यसले हामिलाई मनोगतबाट मुक्त गर्न सहयोग पुर्याउँछ।कमरेडहरु हामिलाई दिनप्रतिदिन आफुले आफुलाई कम्युनिस्ट बनाउन कोशिस गरिरहने, व्यवहार कम्युनिस्ट अनुसार भएको छकी छैन हरेक समय जाँच गरिरहने,दैनिक व्यवहारलाई सुधार गर्दै लैजाने र असल कम्युनिस्टको बाटोमा आफुलाई हिँडाउन विशेष ध्यान दिन पर्नेछ।यसप्रकारको अनुशासन र दृढताले मात्र हामि राजनीतिक,सैद्धान्तिक,संगठनात्मक,आन्दोलन र संस्कृतिको पुनगर्ठनको लागि बल्ल प्रारम्भिक पाइला चाल्न योग्य बन्छौँ ।साँच्चै हाम्रो स्पष्ट विश्वदृष्टिकोण, दृढ आत्मविश्वास,कठोर अनुशासन र सगरमाथा झैं अडिग भइ रहने निरन्तर क्रान्तिको सिद्धान्तले मात्र नेपालमा कम्युनिस्ट पार्टी र आन्दोलनमा हामी पुनगर्ठन गर्न सफल हुन्छौँ।कमरेडहरु हामी पुनगर्ठनमा सफल हुनु भनेकै हामी सुधारवाद र पुँजुवादलाई परास्त गर्दै नेपालमा सर्वहारा क्रान्तिलाई विजयमा पुर्याउनु हो।…
लेखक अखिल(क्रान्तिकारी)विद्यार्थी नेता हुन कमरेड आलोक






