काठमाडौँ – नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको ८४ वर्षको उमेरमा आज निधन भएको छ। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो।
श्रेष्ठलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा आज बिहान उनको देहान्त भएको हो।
न्यायिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकी श्रेष्ठ नेपालको सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश थिइन्। उनी विसं २०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् र २०६५ जेठ २१ गतेसम्म सो पदमा कार्यरत रहिन्। उनले न्याय क्षेत्रमा अधिकृतको रूपमा सेवा थालेकी थिइन्।
श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा लगिएको छ, जहाँ आजै उनको अन्त्येष्टि गरिनेछ। उनका दुई छोरा छन्।
श्रेष्ठको निधनले नेपालको न्यायिक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै न्यायाधीश, कानुन व्यवसायी तथा शुभचिन्तकहरूले गहिरो शोक व्यक्त गरेका छन्।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel