काठमाण्डौ ७ फागुन भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० कलेको होस्टलमा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी गरिएको छ ।
बिज्ञापन
शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन् । आज साँझसम्म ल्याइपुर्याउने कुरा भएको प्रकृतिकी फुपू सीता ढकालले बताइन् ।





