काठमाडाैं ६ मेरिकाले तत्कालका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोकेको छ ।
अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी रोकिएको जानकारी गराएको हो ।
बिज्ञापन
जारी विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)द्वारा प्रेषित पत्रमार्फत नेपाल सरकार र उक्त निकायबिच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको ब्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ।’
बिज्ञापन
नेपालको संसद्ले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेको थियो भुराजनीतिक चुनौती र विवादका बीच नेपालको संसदले पारित गरेको एमसीसीको मुख्य उदेश्य उदियमान चीनको प्रभावलाई रोक्ने अमेरिकी बिदेश नीति सङ्ग जोडिएको बिषय थियो।






