काठमाडौं, जिल्ला प्रहरी परिसर, काठमाडौंले लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका–२, नागढुंगास्थित चेक पोस्टमा जाँच गर्ने क्रममा प्रहरीले करिब ३१२ ग्राम पहेँलो धातु (संभावित सुन) सहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, महाराष्ट्र, भारतबाट काठमाडौं आउँदै गरेको ना.६ख ७५२३ नम्बरको यात्रुबाहक बसमा शंका लागेपछि जाँच गर्दा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका भारतीय नागरिकहरूमा महेश अमृत मनि (२७ वर्ष, साइलूली, महाराष्ट्र) र राहुल खंडु सड (२४ वर्ष, सोलापुर, महाराष्ट्र) रहेका छन्।
पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel