अछाम, (माघ २२) अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं. १ स्थित बुडाकोट माविमा जातीय विभेदको घटना सार्वजनिक भएपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुुदूरपश्चिम प्रदेश समितिले कडा आपत्ति जनाएको छ।
बिज्ञापन
उक्त विद्यालयमा दलित समुदायका विद्यार्थीलाई छुट्टै राखेर भेदभाव गरिएको भन्दै विद्यार्थी संगठनले तत्काल दोषीमाथि कारबाहीको माग गरेको छ। विद्यालयका विद्यार्थी र शिक्षकसहित अभिभावक संघका अध्यक्ष संलग्न रहेको घटनाप्रति संगठनले गम्भीर ध्यानाकर्षण गराएको छ।
बिज्ञापन
सुदूरपश्चिम प्रदेश संयोजक छत्र विकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विद्यालयजस्तो शिक्षालयमा जातीय विभेदको घटनाले हाम्रो समाजमा व्याप्त अन्यायको प्रतिबिम्ब देखाएको छ। हामी कुनै पनि हालतमा यस्तो विभेद स्वीकार गर्न सक्दैनौं।”
अखिल(क्रान्तिकारी)विद्यार्थी संगठनले दोषीलाई कानुनी कारबाही गर्न माग गर्दै स्थानीय प्रशासन र सरकारलाई प्रभावकारी कदम चाल्न चेतावनी दिएको छ। यदि दोषीहरूलाई उन्मुक्ति दिने प्रयास भएमा संगठनले कडा आन्दोलन गर्ने बताइएको छ।







