माक्र्सवादी दर्शनशास्त्रको विषय-वस्तु निश्चित गर्नु भनेको ती प्रश्न-हरूको निधो गर्नु हो जसको यस दर्शनशास्त्रले अध्ययन गर्दछ । साथै मार्क्स-बादी दर्शनशास्त्र अन्य विज्ञानहरूबाट के कुरामा फरक छ भन्ने पनि स्पष्ट हुनु आवश्यक छ ।

बिज्ञापन

दर्शनशास्त्रले कैयौं शताब्दीदेखि विकास गर्दै आएको छ र यस विकासको स्वरूप बरू विद्वानहरुको जस्तै यसको विषय-वस्तु पनि स्थायी रुपले बदलिदै गएको छ। शुरु शुरुमा पूर्णतया जगतको बारेमा र अंशतः यस जगतका वस्तु र घटनाहरू पृथ्वी, मानिस, पशुपक्षी, धातु इत्यादिको बारेमा त्यस बेला सञ्तित सारा ज्ञान यसभित्र समावेश गरिन्थ्यो। त्यसपछि उत्पादनको विकास र वैज्ञानिक ज्ञानको सञ्चयको स्वरअनुसार यसबाट एकपछि अर्को गरेर तथाकथित ठोस विज्ञानहरू यन्त्रविद्या, भौतिकशास्त्र, रसायनशास्त्र, भूगर्भविद्या, इतिहास इत्यादि अलग्गिंदै गए। अहिले विज्ञानका दशौं शाखाहरु देखा परेका छन् जसले वास्तविकताका विविध क्षेत्रहरूको अध्ययन गर्दछन् ।

बिज्ञापन

मात्रसंवादी दर्शनले के कस्ता कुराको अध्ययन गर्दछ त ?

अस्तित्वप्रति चेतनाको सम्बन्धबारे मूल दार्शनिक प्रश्नको समाधान गर्नु * मार्क्सवादी दर्शनको मुख्य विषय-वस्तु हो। माथि भनिए झै जुनसुकै दर्शनको प्रणालीले पनि यस प्रश्नको समाधान गरेको हुन्छ। परन्तु माक्र्स-बादी दर्शनले मात्रै यस प्रश्नको अन्त्यसम्म नै वैज्ञानिक, एक मात सही र अचूक समाधान दिन्छ।

बिज्ञापन

मार्क्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादी दर्शन हो। यो भौतिकवादो दर्शन हो, किनभने दर्शनशास्त्रको मूल प्रश्नको समाधानमा यसले पदार्थ अस्तित्वको प्रथम स्थान र चेतनाको द्वितीय स्थान स्वीकार गर्दछ। यस दर्शनते जगतको भौतिकता र बोधगम्यतालाई मान्यता दिन्छ र जगतलाई त्यस्तै रुपमा विचार गर्दछ जस्तो त्यो वास्तवमा नै छ। माक्सवादी दर्शन द्वन्द्ववादी पनि हो, किनभने त्यसले भौतिक जगतलाई निरन्तर गतिशील, विकासशील, नवीन रूपमा विचार गर्दछ ।

दर्शनशास्त्रको मूल प्रश्नको सही समाधानको आधारमा द्वन्द्वात्मक भौतिकवादले भौतिक जगतको विकासका अति सामान्य नियमहरू पत्ता लगाउँछ, जुन त्यसको विषय-वस्तु पनि हो।

ठोस विज्ञानहरूले पनि भौतिक जगतको विकासका नियमहरूको अध्ययन गर्दछन्। तर प्रत्येक विज्ञानले वास्तविकताको निश्चित क्षेत्रको अध्ययन गर्दछ

जस्तै भौतिक शास्त्रले ताप, विद्युत्, चुम्बकत्व र अन्य भौतिक घटनाहरूको अध्ययन गर्दछ भने रसायनशास्त्रले वस्तुहरूको रासायनिक रूपान्तरणको पकृया जीवशास्त्रले वनस्पति र जीवको अङ्गमा चलिरहने प्रक्रिया इत्यादिको अध्ययन गर्दछ। उपरोक्त विज्ञानका नियमहरूले वास्तविकताका केवल निश्चित क्षेत्रको विकासको मात्र व्याख्या गर्दछन् र अन्य क्षेत्रहरूको व्याख्या गर्न सक्तैनन् ।

उदाहरणको रुपमा शास्त्रीय यान्त्रविद्याका नियमहरूलाई लिन सकिन्छ। यी नियमहरूले केवल यान्त्रिक गति अर्थात दिमाग पिण्डहरुको सरल स्थानान्तरणको सारतत्व मात्र प्रस्टपाउँछन्। यी नियमहरूले रासायनिक जैविक तथा अन्य प्रक्रियाहरुको व्याख्या गर्न सक्तैनन्। उपरोक्त सबै प्रक्रियाहरूमा यान्त्रविद्याका नियमहरूले काम गरिरहेका हुन्छन् तापनि तिनको कुनै स्वतन्त्र अस्तित्व रहुँदैन र यी प्रक्रियाहरूको सारतत्वको उद्‌घाटन गर्ने अन्य नियमहरू (रासायनिक प्रक्रियामा रसायनशास्त्रका नियमहरू, जैबिक प्रक्रियामा जीवशास्त्रका नियमहरू इत्यदि) मा आश्रित हुन्छन् ।

ठोस विज्ञानहरुको विपरीत द्वन्द्वात्मक भौतिकवादले यस्ता सामान्य नियमहरुको धध्ययन गर्दछ जसमा बास्तविकताका सर्व क्षेत्रहरू आश्रित हुन्छन् । जस्तै निर्जीव तथा सजीव प्रकृतिका सबै बस्तुहरू, सामाजिक जीवन र चेतनाका घटनाहरू, प्रतिपक्षहरुको एकत्व र संघर्षसम्बन्धी नियम, परिमाणात्मक परिवर्तनको गुणात्मक परिवर्तनमा संक्रमणसम्बन्धी नियम र नकारको नकारसम्बन्धी नियमको आधारमा विकसित हुन्छन्। भौतिकवादी इन्द्रवादका यी नियमहरूको विस्तृत चर्चा पछि गरिनेछ।

बोधत्वको प्रक्रियाका नियमहरू पनि द्वन्द्वात्मक भौतिकवादको विषय-वस्तुभित पर्दछन् जुन वस्तुगत जगतका नियमहरूको प्रतिविम्ब हुन् । मानिस लाई प्रकृति, समाज र चिन्तनका नियमहरुको ज्ञानद्वारा सज्जित तुल्याएर इन्द्वात्मक भौतिकवादले मानिसहरुलाई बोधत्वको बाटो मात्र देखाउने होइन, यसले जगतको क्रान्तिकारी परिवर्तनको बाटो पनि देखाउँछ ।

यस प्रकारले द्वन्द्वात्मक भौतिकवाद यस्तो विज्ञान हो जसले दर्शनशास्त्रको मूल प्रश्नको भौतिकवादी समाधानको आधारमा भौतिक जगतको विकासका सकभर बढी सामान्य द्वन्द्वात्मक नियमहरूको उद्घाटन गर्दछ, जगतको बोधत्व र क्रान्तिकारी परिवर्तनको बाटो उभ्याउँछ।

मार्क्सभन्दा पहिले पनि दार्शनिकहरूले विकासका अति सामान्य नियमहरू पत्ता लगाउने र जगतको एउटै तथा सम्पूर्ण चित्र तैयार पार्ने कोशिश गरेका थिए र धेरैले यस कार्यमा निश्चित सफलता पनि हासिल गरेका थिए। परन्तु उनीहरू वास्तविक रूपमा जगतको वैज्ञानिक चित्त उतार्न असमर्थ नै रहे। कसैले आफ्नो अध्यात्मवादी धारणाले गर्दा सफलता पाउन सकेनन् भने कसैले अधिभौतिकवादी पद्धतिको संकीर्णताले गर्दा विफल हुनु परेको थियो । फेरि (र यो नै मुख्य पनि हो) उनीहरू सबै नै क्रान्तिकारी संघर्षको अनुभवबाट र श्रमिक जनताको हितबाट टाडा थिए ।
मजदूरवर्गको क्रान्तिकारी संघर्षमा मार्क्स र एन्गेल्सको क्रियाशील योगदान, निःस्वार्थ जन-सेवा, तत्कालीन विज्ञान र दर्शनशास्त्रका महत्त्वपूर्ण उपलब्धि-हरूको राम्रो ज्ञानले गर्दा नै उहाँहरूले यी सामान्य नियमहरूको उ‌द्घाटन गर्न सक्नुभयो, वास्तविकताको द्वन्द्वात्मक भौतिकवादी सारतत्व पत्ता लगाउनुभयो

यहाँनेर के कुरामा जोड दिनु आवश्यक छ भने सामाजिक जीवनको विकासको द्वन्द्वात्मक भौतिकवादी चरित्वको उद्घाटन पनि मार्क्स र एन्गेल्सले नै गर्नु भएको थियो । उहाँहरूले ऐतिहासिक भौतिकवादको प्रतिपादन गर्नुभयो । यो नै सामाजिक विकासको एक मात्र वैज्ञानिक सिद्धान्त, समाजको ज्ञान र क्रान्तिकारी परिवर्तनको पद्धति हो। ऐतिहासिक भौतिकवाद सामाजिक विकासको अतिसामान्य नियमहरूको विज्ञान हो। यो मार्क्सवादी दर्शनको अभिन्न अङ्ग हो।

दर्शनशात्रको प्रारम्भिक ज्ञान बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel