काठमाडौं, माघ १७ – नेकपा(बहुमत)निकट अखिल (क्रान्तिकारी)र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) बीच विद्यार्थीका विभिन्न मागहरू सम्बोधन गर्ने सहमति जुटेको छ।
बिज्ञापन
छलफलमा परिषद्का प्रतिनिधि र संगठनका नेताहरूबीच विभिन्न १८ बुँदे सहमति जुटेको हो। सहमतिअनुसार, अबदेखि डिप्लोमा तथा प्रि-डिप्लोमा तहका परीक्षाफल तीन महिनाभित्र सार्वजनिक गरिने, अन्तिम वर्षको परीक्षाफल ७५ दिनभित्र प्रकाशन गरिने व्यवस्था मिलाइनेछ।
बिज्ञापन
परिषद्को परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गरिदै आएको शैक्षिक प्रमाणपत्रहरू आगामी आर्थिक वर्षदेखि परिषद्का प्रदेश कार्यालयहरू मार्फत उपलब्ध गराउने व्यवस्था मिलाउने।
त्यसैगरी, परीक्षाहरू अनलाइन प्रणालीमार्फत एकीकृत रूपमा सञ्चालन गरिने, प्रमाणपत्रहरू अब प्रदेश कार्यालयहरूबाट नै वितरण गरिने, र शिक्षालयहरूले विद्यार्थीलाई अनिवार्य रूपमा ड्रेस खरिद गर्न बाध्य नबनाउने व्यवस्था मिलाइनेछ।

गुणस्तरीय प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न परिषद्ले नयाँ शिक्षालय तथा कार्यक्रम विस्तार गर्ने, साथै बजारको मागअनुसारका कार्यक्रमहरू क्रमशः थप्दै लैजाने प्रतिबद्धता जनाएको छ। त्यस्तै, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूका लागि कार्यस्थल दुर्घटना बीमा लागू गर्न पहल गरिनेछ।
बिज्ञापन
छलफलपछि संगठनका प्रतिनिधिहरूले विद्यार्थीका प्रमुख मागहरू पूरा गर्ने प्रतिबद्धता परिषद्ले जनाएकाले तालाबन्दी खोल्ने निर्णय गरेको बताएका छन्। परिषद्ले सहमति कार्यान्वयनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको ।
सहमति पत्र








