अछाम (माघ १४) नेकपा(बहुमत)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले अछाम जिल्लाको ढकारी गाउँपालिका–१ की १४ वर्षीया ईश्वरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शंकास्पद मृत्युबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिज्ञापन
संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा १५ मिटरको दूरीमा भेटिएका दुबै छात्राहरूको शवले सुरक्षा र कानूनी व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको उल्लेख छ। अखिल (क्रान्तिकारी) ले घटनाको निष्पक्ष, पारदर्शी छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग समेत गरेको छ।
बिज्ञापन
छात्रा विभागकी प्रमुख रविना सथाशंकर द्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाबारे राज्यले विशेष ध्यान दिनुपर्ने जानकारी समेत दिनु भएको छ ।
प्रेस विज्ञप्ति






