काठमाडौं ११,नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय सचिब पदमा कालिकोटका मान बहादुर तिरुवाले दलित कलस्टरबाट उम्मेदवारी दिएका छन् ।
अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रीय सदस्यसमेत रहेका तिरुवा कालिकोट जिल्लाबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका हुन् । नेपालको इतिहासमा उथलपुथलकारी १० वर्षको जनयुद्धकालिन समय उन का जेठा दाजु ललित बि.क (अनुपम) ले पाल्पा तानसेन मा सहादत गरेका थिय उनी सहिद क.अनुपम को भाइ पनि हुन । उनी अखिल (क्रान्तिकारी)को राजनीतिमा लामो समयदेखि सक्रिय छन् । उनी अखिल ( क्रान्तिकारी) सक्रिय भय देखि बिभिन्न आन्दोलन र संघर्षको क्रम धेरै पटक जेल र हिरासत को अनुभव पनि लियका छ्न
बिज्ञापन
संगठनको ललितपुर जिल्ला सदस्य , सह -सचिब ,उपाध्यक्ष संयोजक हुँदै, केन्द्रीय सदस्य चुनिएका तिरुवाले २३औं राष्ट्रिय सम्मेलनमा समावेशी दलित कलस्टरबाट केन्द्रीय सचिब पदको लागि प्रतिस्पर्धामा उत्रिएका हुन् । उनले आफूलाई अत्यधिक बहुमत मतले विजयी गराउन अपिल गरेका छन् ।





