काठमाडौं ११,प्रश्न गर्नु भनेको केवल जिज्ञासा मेटाउने प्रक्रिया होइन, यो एक उद्धावकशक्ति हो जसले विद्यार्थीहरूलाई नयाँ कुराको आविष्कार गर्न प्रेरित गर्छ। जब विद्यार्थीहरूले प्रश्न सोध्छन्, तिनले विभिन्न विषयवस्तुहरूलाई गहिरो रूपमा अन्वेषण गर्न र नयाँ समाधानहरू खोज्न अभिप्रेरित हुन्छन्। प्रश्न गर्नु केवल जानकारी खोज्ने प्रक्रिया मात्र होइन,यो सोच र आविष्कारको पहिलो पाइला हो। जब विद्यार्थीहरूले प्रश्न गर्छन्, उनीहरूको दिमागले नयाँ कोणबाट समस्या हेर्छ, सम्भावनाहरू अन्वेषण गर्छ, र नवीन समाधान निकाल्छ।

बिज्ञापन

विद्यार्थीहरूले जिज्ञासा राखेर मात्र होइन, प्रश्नका उत्तर खोज्ने क्रममा गहिरो अनुसन्धान गर्छन्। यसले उनीहरूलाई सिर्जनशीलता र तार्किक सोच विकास गर्न सहयोग गर्छ। अन्ततः, प्रश्नहरूकै कारण नयाँ प्रविधि, खोज र सिद्धान्तहरू जन्मिन्छन्। त्यसैले, प्रश्न सोध्नु भनेको आविष्कारको पहिलो खुड्किलो हो।

बिज्ञापन

प्रश्नको महत्त्वलाई अझ गहिरो रूपमा हेर्दा, यसले सिर्जनशीलता र आविष्कारशीलतालाई उक्साउने धेरै कारण पाउन सकिन्छ।
प्रश्न गर्नुले विद्यार्थीलाई समस्या समाधान गर्ने हौसला दिन्छ। जब उनीहरूले प्रश्न गर्छन्, उनीहरू चुनौतीका पक्षबारे सोच्न थाल्छन् र समाधानको लागि भिन्न तरिकाहरू अन्वेषण गर्छन्। यो प्रक्रियाले उनीहरूलाई नयाँ दृष्टिकोण अपनाउन प्रेरित गर्दछ।

प्रश्न सोध्नुले संवाद र विचारको आदान-प्रदानलाई प्रोत्साहन गर्छ। शिक्षक र विद्यार्थीबीच गहिरो संवाद हुँदा नयाँ विचारहरूको विकास हुन्छ। यसले विद्यार्थीलाई मात्र होइन, अरूलाई पनि प्रेरित गर्न सक्छ।विद्यार्थीले शिक्षक सङ्ग प्रश्न गर्न डराउनुका थुप्रै कारण हरु छन।

बिज्ञापन

पहिलो, :-आलोचनाको डर। धेरैजसो मानिसहरूलाई लाग्छ कि प्रश्न सोध्दा अरूले उनीहरूलाई मूर्ख ठान्लान्। तर यो सोच गलत हो, किनकि प्रश्न गर्नु ज्ञान प्राप्त गर्ने सबैभन्दा महत्वपूर्ण माध्यम हो।

दोस्रो,:- आत्मविश्वासको कमी। कतिपय मानिसहरू आफूले जान्नुपर्ने कुरा सोध्न लाज मान्छन्, तर आत्मविश्वासले मानिसलाई सिक्न र बुझ्न झन् मद्दत गर्छ।

तेस्रो :-पहिले नै थाहा हुनु पर्छ भन्ने गलत धारणा। धेरैले सोच्छन् कि सबै कुरा पहिले नै थाहा हुनुपर्छ, तर वास्तवमा, महान व्यक्तिहरूले जिज्ञासा र प्रश्न गर्ने बानीले नै ठूलो सफलता पाएका छन्।

प्रश्न गर्नु भनेको हाम्रो दिमागलाई नयाँ विचार र सम्भावनाहरू खोल्न दिनु हो। यसले सिर्जनात्मकता बढाउँछ, समस्या समाधान गर्न मद्दत गर्छ, र अरूसँग संवाद बढाउँछ। त्यसैले प्रश्न गर्न कहिल्यै डराउनु हुँदैन। यो सिकाइको पहिलो पाइला हो।प्रश्न गर्दा डराउने भावनालाई निर्मूल पार्नका लागि आत्मविश्वास र सही दृष्टिकोणको विकास गर्न जरुरी छ। आफूलाई सिक्न चाहने व्यक्ति भनेर बुझ्नुहोस्। प्रश्न गर्नु कमजोरी होइन, यो तपाईंको जिज्ञासा र सिक्न चाहने इच्छा हो सानो-छोटो प्रश्नबाट सुरु गर्दै जानुजोस। मनमा आउने नकारात्मक विचारलाई हटाइ दिनुहोस। अरूले के सोच्लान्?भन्ने चिन्ताले तपाईंहरुलाई रोक्छ। धेरैले तपाईंको प्रश्नबाट फाइदा लिन सक्छन्।। बारम्बार प्रश्न गर्दै जानु आलोचनात्मक सोच र जिम्मेवारीपूर्ण नागरिकको संकेत हो। जब कुनै व्यक्तिले प्रश्न गर्छ, त्यसले जिम्मेवार नेतृत्व र पारदर्शिता सुनिश्चित गर्न मद्दत गर्छ।जब हामिले प्रस्न गर्ने सामर्थ्य राख्न सक्छौ तब हामिले नागरिककोभावना बुझ्न र जवाफदेही बन्न सक्छौ।यसले गलत निर्णय वा अपारदर्शी प्रक्रियालाई उजागर गर्न सक्छ।
आम जनताले प्रश्न गर्दा सरकार वा नेतृत्वले आफ्ना कामहरू स्पष्ट रूपमा प्रस्तुत गर्न बाध्य बन्छ यो प्रकारको बानीले नेतृत्वलाइ चुनौती होइन, सुधार र विकासको अवसरका रूपमा लिनलाई मद्दत गर्छ। यसले मात्र सही र दिगो राजनीतिक प्रणाली बनाउन सकिन्छ।विद्यार्थीहरूले प्रश्न गर्ने भावना र चेतनाको माध्यमबाट राज्यको सुधार र विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। सामाजिक र राजनीतिक जागरण। विद्यार्थीहरूले जनचेतना फैलाएर नागरिकहरूलाई आफ्ना अधिकार र कर्तव्यबारे सचेत बनाउन सक्छन्।शान्तिपूर्ण आन्दोलन। विद्यार्थीहरू नेतृत्वदायी भूमिका खेल्दै सरकारका गलत नीतिहरूविरुद्ध शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न सक्दछन्। इतिहासमा धेरै सामाजिक परिवर्तनहरू विद्यार्थीहरूको सक्रियताबाट सम्भव भएका छन्।अनुसन्धान र संवाद। विद्यार्थीहरूले राज्यका समस्याहरूलाई वैज्ञानिक दृष्टिकोणबाट अनुसन्धान गरी समाधानका उपाय प्रस्ताव गर्न सक्छन्।
जस्तैः नेतृत्वको विकास। विद्यार्थीहरूले प्रश्न गर्ने र विचार प्रस्तुत गर्ने प्रक्रियाबाट भविष्यका जिम्मेवार नेताहरू तयार गर्न भूमिका खेल्छ।यसरी, विद्यार्थीहरूको प्रश्न गर्ने भावना राज्यको सुधार, पारदर्शिता, र न्याय सुनिश्चित गर्न एक महत्वपूर्ण शक्ति बन्न सक्छ।

अन्तत:- विद्यार्थीहरूको चेतना र सक्रियता नै लोकतन्त्रको आधार स्तम्भ हो। प्रश्न गर्ने बानीले समाजलाई सुधारको मार्गमा अघि बढाउन मद्दत गर्छ, जसले राज्यलाई दिगो विकास र स्थायित्वतर्फ लैजान्छ। प्रश्न गर्नु केवल जिज्ञासा होइन; यो परिवर्तनको आधार हो ।

✍️सक्षम बिस्वकर्मा
अध्यक्ष
अखिल (क्रान्तिकारी ) काभ्रे जिल्ला समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
सक्षम बिस्वकर्मा
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel