सल्यानको वनगाड कुपिन्डे नगरपालिका-११ की २६ वर्षीया पूर्णिमा राना मगरले विवाहेत्तर प्रेम सम्बन्ध बचाउन आफ्ना दुई नाबालिग छोरीको हत्या गरेको खुलेको छ । पूर्णिमाले पुस २४ मा २ छोरीको घाँटी थिचेर हत्या गरेकी हुन् ।
बिज्ञापन
सल्यानका प्रहरी प्रमुख डीएसपी केशर न्यौपानेका अनुसार, पूर्णिमा विगत ६ महिनादेखि फेसबुकमार्फत चिनजान भएका सल्यान शारदा नगरपालिकाका अविवाहित युवकसँग प्रेम सम्बन्धमा थिइन्। ती युवक हाल भारतमा बस्दै आएका थिए। प्रेम सम्बन्ध गाढा हुँदै गएपछि उनीहरूले विवाह गर्ने योजना बनाएका थिए।
बिज्ञापन
पूर्णिमाले ती युवकलाई आफू अविवाहित भएको बताएकी थिइन्। आफ्नो विवाहको झूट लुकाउन र छोरीहरूको अस्तित्व ढाकछोप गर्न उनले यस्तो क्रूर कदम चालेको प्रहरीको भनाइ छ।
‘प्रेमीसँग विवाह गर्न चाहने पूर्णिमाले आफ्नो ३ वर्ष र ६ महिनाकी छोरीहरूको अस्तित्व लुकाउन घाँटी थिचेर हत्या गरेकी हुन्,’ डीएसपी न्यौपानेले भने।






