आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्दै जानुपर्छः अध्यक्ष यादव
बोदेबरसाइन (सप्तरी), ५ माघः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्दै समयसापेक्ष अधिकारका लागि निरन्तर पहल गरिरहने बताउनुभएको छ ।
बिज्ञापन
जसपा नेपालले आज यहाँ आयोजना गरेको १८आँै बलिदानी दिवस तथा आमसभामा अध्यक्ष यादवले सामाजिक न्याय, समानता, स्वतन्त्रता, हकअधिकारका लागि एकताबद्ध भएर सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले आज अधिकारका लागि बलिदान दिने वीर सपुतहरूलाई सम्झिने दिन रहेको उल्लेख गर्नुभयो ।
बिज्ञापन
शोषित–पीडित जनताको मुक्तिका लागि, दासत्वपूर्ण जीवनबाट मुक्ति पाउन वीर सहिदले आफ्नो जीवनको बलिदान दिएर समानता, स्वतन्त्रता, हकअधिकारको रक्षा गरेकाले यसको संरक्षणमा सबै एकजुट हुनुको विकल्प नभएको अध्यक्ष यादवले धारणा राख्नुभयो ।
हरेक वर्ष मधेश प्रदेश सरकारले माघ ५ गते मनाउने बलिदानी दिवसका अवसरमा मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोसहित सबै सहिदहरूको लहानस्थित सालिकमा अध्यक्ष उपेन्द्र यादवले माल्यार्पण गर्नुभएको थियो । कार्यक्रममा जसपाका उपाध्यक्ष राजकिशोर यादव, सचिव सुरेश मण्डललगायत नेताहरूको उपस्थिति थियो ।
बिज्ञापन
माघ ५ अर्थात् आजकै दिन २०६३ सालमा मधेश आन्दोलनका क्रममा महतोको ज्यान गएको थियो । त्यसयता आजको दिनलाई मधेश केन्द्रित दलहरूले बलिदानी दिवसका रूपमा मनाउँदै आएका छन् ।






