काठमाडौँ, २३ पुसः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएम) ले आज बिहानको भूकम्पको धक्काबाट हालसम्म कुनै पनि मानवीय क्षति नभएको र क्षतिको प्रारम्भिक विवरण सङ्कलन भइरहेको जनाएको छ ।

बिज्ञापन

प्राधिरणले आज प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी आएको जनाएको हो । उक्त भूकम्पका परकम्प निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलगायतलाई प्राधिकरणले आग्रह गरेको छ ।

बिज्ञापन

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भूकम्पको केन्द्र नजिकैका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको खबर प्राप्त भएको र क्षतिको प्रारम्भिक विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो ।

प्राधिकरणले भूकम्पमा परी मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel