अत्तरिया (कैलाली), २३ पुसः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्साशास्त्रको शैक्षिक केन्द्रका रूपमा स्तरोन्नति गर्ने सरकारको सोच रहेको बताउनुभएको छ ।

बिज्ञापन

गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको अुनगमनका क्रममा उहाँले भन्नुभयो, “ यो प्रतिष्ठानलाई विश्वविद्यालयका रुपमा स्तरोन्नति गर्ने सरकारको योजना छ, एमबिबीएस कार्यक्रम सञ्चालन गर्नेगरी पूर्वाधार निर्माणलगायत काम पनि सँगसँगै अगाडि बढाउनुस् । ”

बिज्ञापन

मन्त्री पौडेलले गेटा अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन दिनुभयो । गेटामा करिब रु सात अर्बका भौतिक संरचना निर्माण भएका छन् । हाल यहाँ ५० शय्याको अस्पताल सञ्चालनमा छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel