काठमाडौं। काठमाडौंको बौद्धस्थित जेभियर इन्टरन्याशनल कलेजले स्नातक तह पहिलो वर्षका विद्यार्थीका लागि आयोजना गरेको ओरिएन्टेशन कार्यक्रममा एक छात्राको मृत्यु भएको छ। कलेजले पुस ८ मा ओरिएन्टेशनका लागि ककनि लगेको समयमा ओरिएन्टेसनमा आफ्नो प्रतिभा देखाउने क्रममा बेहोस भएकी छात्रा गुनगुन तामाङको निधन भएको हो।

बिज्ञापन

उक्त घटनामा क्याम्पसले गम्भिर लापरबाही गरेको भन्दै नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आपत्ति जनाएको छ। अखिल क्रान्तिकारी जिल्ला समिति काठमाडौंले एक प्रेस वक्तव्य जारी गर्दै ती छात्रालाई बेहोस हुनासाथ क्याम्पसले उपचारको व्यवस्था नमिलाएर लापरबाही गरेको आरोप लगाएको छ।

बिज्ञापन

संगठनले उक्त घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न र दोषिलाई कारबाहीका साथै मृतक विद्यार्थीको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन समेत माग गरेको छ।

अखिल (क्रान्तिकारी) ले दिन प्रतिदिन हत्या, हिंसा, आत्महत्या अझ शिक्षा क्षेत्र भित्रै बलात्कार जस्ता जघन्य अपराधका क्रियाकलापहरु श्रृङखलाबद्ध हिसाबले घटिरहनु सिङ्गो मानव समुदायको लागि बिडम्बन, चुनौती एवम् लजास्पद भएको उल्लेख गरेको छ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel