काठमाडौँ, ११ पुसः उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई वर्तमान सरकारले अगाडि बढाउने बताउनुभएको छ । बुद्धिष्ट वल्र्ड पिस फाउण्डेसनद्वारा आज यहाँ आयोजित ‘इन्डो नेपाल समरसता रत्न अवार्ड’ कार्यक्रममा उहाँले नेपाल–भारतबीच यसअघि सम्झैता भई अधुुरा रहेका आयोजना अगाडि बढाउन वर्तमान सरकार लागिपरेको बताउनुभयो । “सरकारले ढिलासुस्ती नगरी अधुरा कामलाई अगाडि बढाएर समृद्ध मुलुक निर्माणमा लागेको छ”, मन्त्री खड्काले भन्नुभयो । उहाँले यस्ता कार्यक्रमले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाउन थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । नेपालले भारतसँगै छिमेकी मुलुक चीन र अन्य राष्ट्रसँग पनि सुमधुर सम्बन्ध स्थापित गरेको मन्त्री खड्काले बताउनुभयो । उहाँले दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान गठबन्धनको सरकार आगामी निर्वाचनसम्म जाने उल्लेख गर्नुभयो । “हामीले आन्तरिक र अन्तराष्ट्रिय सम्बन्धलाई बलियो बनाउन सक्यौँ भने मात्र हाम्रा परराष्ट्र सम्बन्धहरू सुमधुर र स्थायी हुन्छन्, आन्तरिक सम्बन्धलाई मजबुत राखेर छिमेकीसँग पनि स्थायी र सुमधुर सम्बन्ध विस्तारमा लाग्नुपर्छ”, उहाँले भन्नुभयो । कार्यक्रममा पूर्वउपपराष्ट्रपति परमानन्द झा, उपसभामुख इन्दीरा राना, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वमन्त्री अब्दुल खान, पूर्वमन्त्री राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत व्यक्तिको उपस्थिति थियो

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel