काठमाडौं । नेकपा(बहुमत)निकट अखिल(क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्बजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा अखिल (क्रान्तिकारीले शिक्षाक्षेत्रमा भएको विकृति, विसंगतिको अन्त्य र त्यसको सुधारका लागि संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

बिज्ञापन

पत्रकार सम्मेलनमा नवनिर्वाचि अध्यक्ष विरेन्द्र शाहले आफ्नो कार्यकालमा नेपाली शिक्षामा भएको विकृति विसंगतिमाथि अत्याधिक प्रहार गर्ने बताएका छन् । अध्यक्ष शाहले शिक्षामा व्यापारीकरण, माफियाकरणसँगै वैदेशीक हस्तक्षेप बढेको बताउँदै उनेले भने,“विदेशी सम्बन्धनका नाममा विद्यार्थी लुट्ने मात्रै नभएर नीति–नियममा नरहने अनि देशमाथि हस्तक्षेप गर्ने षड्यन्त्रविरुद्ध हाम्रो
संगठनको निगरानी हुनेछ ।”

सामुदायीक शिक्षलाई कमजोर बनाउने खेलप्रति आक्रोष व्यक्त गर्दै अध्यक्ष शाहले मन्त्री, सांसद, राजनीतिक दलका नेताहरू, उच्च पदस्थ कर्मचारीहरु, प्राध्यापक, शिक्षकहरुले लगानी गरेको निजी विद्यालयका विरुद्ध संघर्ष गर्ने बताए । उनले सरकारका उच्च पदस्त व्यक्तिहरुले आफ्ना छोराछोरीहरु अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्नेसमेत जोड दिएका छन् ।

बिज्ञापन

उपाध्यक्ष रुपा बुढामगरले निजी शैक्षिक संस्थाभित्र विभिन्न बहानामा व्यापार गर्ने, नियमअनुसारको छात्रवृत्ति नदिने, चर्को शुल्क असुली गर्ने लगायतका कार्य तत्काल नरोकिए आन्दोलन गर्ने चेतावनी दिईन् ।
महासचिव उषाकिरण आजादले निजी शैक्षिक संघसंस्था चलाएर जनतालाई लुट्ने कार्य भइरहेको बताउँदै भने,“सरकारका उच्चपदस्त व्यक्तिहरुले नै सार्वजनिक शिक्षालाई कमजोर बनाएका छन् ।” आफूहरुले शिक्षामा भएको अत्याचारको अन्त्य गर्न जुनसुकै हदमा जाने चेतावनी दिदै आजादले भने,“हामी सुरुमा कलममार्फत संघर्षको सुरुवात गर्छौ नभए हतियारसम्म उठाउन कसैले रोक्दैन ।”

सो राष्ट्रिय सम्मेलनले शाहको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो । सम्मेलनले उपाध्यक्षमा रुपा बुढा मगर र डिबी बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिवहरुमा गोविन्द विष्ट, डिबी शाही, प्रेमप्रशान्त बोहोरा,रमेश सुनार र हरि विष्ट, त्यसैगरी कोषाध्यक्ष कमला परियार निर्वाचित छन ।

केन्द्रीय सदस्यहरु – पारस राहादी मगर, लक्ष्मी शाह, रविना सथशंकर, गगन परियार, पदम विक, मिम ऐडी, राजन साउद, सर्जन पाण्डे, सन्देश सापकोटा, निशान कटुवाल, आयुष घिमिरे, अमर रसाइली, छत्र विक, बज्जीर नेपाली, भरत परियार, दिनेश नेपाली, लक्ष्मी पाण्डे, विनोद जप्रेल, विष्णु महर्जन, विरेन्द्र नाथ, विरेन्द्र नेपाली, शिव सदाशंकर, सन्ध्या देवकोटा, सक्षम विश्वकर्मा, स्टालिन बस्नेत, सोमपाल कामी, सुवास सिग्देल, हस्त विक, राहुल विश्वकर्मा, अनिल खत्री, अनिशा राई, आकाश गौतम, आरती नेपाली, उज्वल बलम्पाकी मगर, किरण गौतम, डिबी परियार, दर्शन नेपाली, नरेन्द्र विश्वकर्मा, निशा कार्की, निशान विश्वकर्मा, पेमा तामाङ, बासु बुढा, बिमला गिरी, भैरव रावत, मन्दिरा घलान, मेघराज स्माईली मगर, रमिता थारु, राजेश नेपाली, रामदेव कुमार महरा, रुपेश पौडेल, लक्ष्मी दर्जी, विकल राई, विवेक मयाल, सन्जु राई, समीर विश्वकर्मा, सविन घिमिरे, सुजन पोख्रेल, सुजन यादव, सुनिता विश्वकर्मा, सुप्रीया नेपाली, सुरेश नेपाली रहेका छन्

बिज्ञापन

प्रेस वक्तव्य



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel