मनहरी, ९ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष गुरुप्रसाद बरालले देशको आर्थिक विकासका साथै विकास–निर्माणका कामलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको बताउनुभएको छ ।

बिज्ञापन

एमाले बागमती प्रदेश संसदीय दलले आज यहाँ आयोजना गरेको प्रशिक्षणमा सुशासन कायम गर्दै जनताका चाहना पूरा गर्नेतर्फ सरकार लागेको बताउनुभयो । उहाँले आर्थिक समृद्धि र सुशासनलाई वर्तमान सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको र पार्टीले पनि त्यसमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो ।

बिज्ञापन

मुलुकमा सुशासन कायम गर्न पार्टीका सबै तहका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो । विधिको शासन नमान्नेलाई कारबाही गर्नु राज्यको दायित्व हो भन्दै उपाध्यक्ष बरालले एमालेका नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरुले सुशासनविरुद्ध काम गर्नेलाई कानुनको कठघरामा उभ्याउन सघाउनुपर्ने बताउनुभयो ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel