काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघले विभिन्न मागहरु राख्दै चलचित्र विकास बोर्ड लाई ज्ञापनपत्र बुझाएको छ।
महासंघका केन्द्रीय संयोजक रोजन रखाल सहितकाे टिमले बुधवार ज्ञापनपत्र बुझाएका हुन्।

बिज्ञापन

यस्तो छ ज्ञापन पत्रको पुर्ण पाठ

बिज्ञापन

विश्व कोरोना भाइरसको महामारी पछि बिस्तारै उठ्न लागेको नेपाली चलचित्रको बजार षड्यन्त्रमुलक ढङ्गबाट बिदेशी सिनेमाले एकलौटी बजार कब्जा गर्ने र गराउने जुन प्रपञ्च रचिदै छ त्यो नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट हाम्रो सङगठ अखिल नेपाल जनसास्कृतिक महासङ्घलाई कदापि सहिय हुनेछैन । तुरून्त ‘पुस्पा २’ जस्ता बिदेशी सिनेमाहरूको प्रदर्शनमा रोक लगाई मौलिक तथा नेपाली भाषाका चलचित्रहरू मात्र प्रदर्शन गर्न हाम्रो सङगठन जोडदार माग गर्दछ ।

दलाल तथा नोकरशाही पुजीवादी संसदीय व्यवस्थाको घिनलाग्दो चरित्र र साम्राज्यवादी सास्कृतिक (अतिक्रमण) हस्तक्षेपको नाङ्गोरूपको चरितार्थ दक्षिण भारतिय फिल्म ‘पुस्पा २’ को प्रदर्शनलाई लिन सकिन्छ । नेपाली चलचित्रको व्यापार व्यबसाय बिस्तारै उकालो लाग्दै गरेको र त्यसबाट थोरै भएपनी नेपाली चलचित्र कर्मीहरूले राहत पाइरहेको अवस्थामा दलाल शासक र तिनका मतियाहरूलाई त्यो सहिय भएन र प्रदर्शन भई रहेका नेपाली सिनेमाहरूलाई हतोत्साहित बनाउने अनेक बाहनाबाजिमा प्रदर्शनमा रोक लगाउने र भारतिय सिनेमा प्रदर्शन गगरू त्यसबाट आफू सबैभन्दा ठूलो तिनको भक्त भएको सावित गर्न यो खालको गतिविधिहरू गरिरहेका देखिन्छन् । हामी खवरदारी गर्न चाहन्छौ। हाम्रो सङ्गठले राष्ट्रियता जनतन्त्र र जनजीविका लगायत भ्रष्टाचारी, कलाबजारी, बैंक वित्तिय शोषण, मिटरव्याजी, भुमाफियाहरूको विरूद्ध र श्रमजीवी सर्वहारा जनताको पक्षमा यो दलाल नोकरशाही पुजीवादी संसदीय व्यवस्थाको अन्त्य गरी समाजवादी गणतन्त्र बैज्ञानिक समाजवाद स्थापनाको निम्ति निरन्तर आवाज बुलन्द गर्दै आइरहेका छौं। साम्राज्यवादी विदेशी एकाधिकार केन्द्रीकृत दालाल पुजीले देशको आर्थिक, सामाजिक, साँस्कृतिक सबै क्षेत्र कव्जा गर्ने र तिनका गुलाम बनाउने जुन किसिमको खेल खेलिरहेका छन् यो खालको घिनौना हर्कतहरू नगर्न र नगराउन संगठन चेतावनी दिन चाहन्छ । साथै बिदेशी भाषा साहित्य संस्कृतिका सिनेमाहरूलाइ निरुत्साहित गरी नेपाली मौलिक पहिचान, भाषा, साहित्य, कला, सस्कृतिको बिकास प्रवर्द्धनको लागि स्वदेशी, भाषा, कला, साहित्यको मौलिक सिनेमाहरूलाइ विशेष प्राथमिकताका साथ प्रदर्शन गर्न सरोकारवाला निकाय चलचित्र बिकासबोर्ड र सम्बन्धित संघ सस्थाहरूलाइ हार्दिक अपिल गर्दछौ ।

बिज्ञापन

अन्तमा, नेपाल चलचित्र बिकासबोर्ड बिदेशी सिनेमाको दलाली गर्ने अखाडा नबनोस्। गम्भीरतापूर्वक स्वदेशी सिनेमाहरूको अभिभावकको भुमिका निर्वाह गरोस् भन्ने शुभेच्छाका साथ हार्दिकता पुर्वक अपिल गर्दछौं । हाम्रो हार्दिकतालाई कमजोर ठानि वेवास्था गरेमा सडक संघर्षको बलामा जनताको माग हाम्रो एजेन्डा स्थापित गरि छाड्ने चुनौती पनि दिन चाहन्छौं। साथै त्यसकिसिमको संघर्षबाट उत्पन्न परिस्थितिको जवाफ देहिता स्वयम् जिम्मेवार निकायहरू हुने पनि अवगत गराउन चाहन्छौं ।

हाम्रो मागहरू;

१) बिदेशी सिनेमाहरूलाई निरुत्साहित गरी स्वदेशी सिनेमाहरूलाई विशेष प्राथमिकतामा राखी प्रदर्शन गर्ने व्यवस्था गर ।

२) स्वदेशी भाषा कला साहित्यमा आधारित विभिन्न भाषा संस्कृतिका सिनेमाहरू निर्माण कार्यमा राज्यद्वारा अनुदान दिने व्यवस्था गर ।

३) चलचित्र बिकास बोर्डले बक्सअफिस आफ्‌नो मातहत राखी प्रदर्शनबाट आउने आम्दानीको बाडफाडमा नियमन गर । साथै मनोमानी प्रदर्शन गर्ने हलहरूलाइ तुरुन्त खारेज गर ।

४) स्वदेशी सिनेमाहरू प्रदर्शन नगर्ने हलहरू खारेज गर ।

५) सरकारी तथा निजि टेलिभिजन र हलहरूले प्रदर्शनमा आउने स्वदेशी चलचित्रहरूको निशुल्क विज्ञापन (बजाइदिने) गरिदिने व्यवस्था गर ।

६) चलचित्रले खेल्ने भुमिकालाई राज्यद्वारा पहिचान गरी राष्ट्रिय/अन्तर्राष्ट्रिय बजार व्यवस्थापनमा विशेष खालको व्यवस्था गर ।

७) विभिन्न जात-जातिका भाषाहरूमा बनेका चलचित्रहरू प्रदर्शन गरेवापत चलचित्र हलहरूलाई विशेष अनुदानको व्यवस्था गर ।

८) चलचित्र छायांकनमा अनावश्यक विभिन्न बाहानामा गरिने पुलिस प्रशासनिक झमेलाहरूको खारेजी गर ।

९) चलचित्र प्रदर्सनमा जसको शक्ति उसैको भाक्ती हुने अवस्थाको अन्त्य गर ।

१०) चलचित्र प्रदर्शनको मिति ठोस गर्दा चलचित्र जाचपासको मिति अनुसार नियमन गर ।

११) प्रदर्शनमा आउन नसकेका चलचित्र हलहरूलाइ विशेष अनुदानको व्यवस्था गर ।

१२) नेपाली सिनेमा प्रदर्शन शुल्क भन्दा बिदेशी सिनेमा प्रदर्शन शुल्कमा वृद्धि गर ।

१३) कुनै पनि बिदेशी सिनेमा प्रदर्शनमा ल्याउदा स्वदेशी र बिदेशी एकै दिनमा नगरि शुक्रबार स्वदेशी र आइतबार/सोमबारबाट बिदेशी सिनेमा प्रदर्शन गर्ने व्यवस्था गर ।

१४) युट्युव र टिकटकलाई व्यबस्थित नियमन गर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel