काठमाडौँ : सवारी ज्यान मुद्दामा झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि थुनामा गएका छन्। जिल्ला अदालत काठमाडौँले आइतबार थुनछेकको बहस सकिएपछि भुजेललाई धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

बिज्ञापन

कार्तिक २८ गते काठमाडौँको शंखरापुर नगरपालिका–९ मा रहेको ब्रम्हखेलमा झाँक्रीले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो।

बिज्ञापन

झाँक्रीले लापरबाहीपूर्ण रूपमा तीव्र गतिमा चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार नारायण नगरकोटी दम्पतीको मृत्यु भएको सरकारी पक्षले दाबी गरेको थियो।

झाँक्रीका पक्षकाले उनलाई धरौटीमा छाड्न माग गरे पनि अदालतले भने मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म हिरासतमा राख्न आदेश दिएको थियो ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel