तिमी
कसैको हातबाट नियंत्रित डोरले बाँधिएको
चङ्गा बनेर उड्ने सपना
नदेख प्रिय ,
किनकि तिमी पखेटा बिनाको चङ्गा होइनौ
बिज्ञापन
डोरले बाँधिएको चङ्गा त केवल
आकाशको एउटा निश्चित ठाँउमा
त्यति मात्रै उडान भर्न सक्छ
जति चङ्गाको लट्टाईबाट डोरलाई छोड्ने गरिन्छ
बिज्ञापन
नबिर्स
कि तिम्रा पखेटा छ्न
तर भुत्ते बनाईएका छ्न
र तिमिलाई नियन्त्रण गर्न डोरले बाँधिएको छ ।
तिमि आफ्नै पखेटाको बलमा
उडान भर्ने आँट त गर
उड्नलाई आकाशको हिस्सा नै मागेउ भनेपनि
आधा आकाशमा तिम्रो हक लाग्छ ,
बिज्ञापन
त्यसैले त प्रिय
तिमि आफ्नै पखेटा बलिया बनाउ
चुडालिदेउ चङ्गा सरि नियन्त्रण गर्ने त्यो डोरी
र उडान भर निल गगनसम्म ,
अनि हेर आकाशको उचाईबाट भुइँतिर
तिम्रो हिस्साको आधा धर्ती पनि तिम्रो रहेनछ ,
अब प्रश्न गर आफैं सङ्ग
आफ्नो हिस्साको आधा धर्ती
र आधा आकाशको हकवाला
अरु नै कोई कसरी ?
प्रिय !
फेरि हकमाराहरुसङ्ग
हक मागेर होइन खोसेर लिनुपर्छ है !
✍️ विरेन्द्र शाह






