Skip to content
Bigul Press

Bigul Press

Bigul Press
  • गृहपृष्ठ
  • समाचार
  • सुचना प्रविधि
  • विजनेश
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • कला / संस्कृति
    • लेख
    • गजल
    • कविता
    • विशेष
    • शिक्षा

Developed by Gorkhaly Labs

Bigul Press
  • गृहपृष्ठ
  • समाचार
  • सुचना प्रविधि
  • विजनेश
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • कला / संस्कृति
    • लेख
    • गजल
    • कविता
    • विशेष
    • शिक्षा
युनिकोड
२०८२ पुष ५

क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओ

२०८१ आश्विन ८, मंगलवार ०७:०२
पढिएको ७४६१ पटक

न्युयोर्क (अमेरिका), ८ असोजः प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न सङ्गठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेपछि प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सो राज्यमा करिब एक लाख नेपाली रहेको छन् । हाल नेपालको महावाणिज्यदूतावास रहेको न्युयोर्क वा वासिङ्टन डिसीमा पुगेर सेवा लिन टाढा पर्ने भएकाले क्यालिफोर्नियाको सन फ्रान्सिस्को सहरमा कन्सुलर कार्यालय खोल्न नेपाली जनसम्पर्क समिति, नेपाली एशोसियसन अफ नर्देन क्यालिफोर्नियालगायत संस्थाबाट माग गरिएको थियो । महावाणिज्यदूतावास स्थापना भएमा राहदानी नवीकरणलगायत नेपाली समुदायले भोग्नुपरेका समस्याको धेरै हदसम्म सम्बोधन हुने भएकाले ती संस्थाहरुले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न आग्रह रहेका हुन् । प्रधानमन्त्री ओलीले उक्त मागप्रति आफू सकारात्मक रहेको बताउँदै नेपाल सरकारले यसबारे छिट्टै निर्णय गर्ने विश्वास दिलाउनुभयो । “तपाईंहरु ढुक्क भएर जानुहोस् । क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने विषयमा हामीले सोच बनाइसकेका छौँ”, उहाँले भन्नुभयो । क्यालिफोर्निया राज्य विज्ञान र प्रविधिको हबका साथै सिलिकन भ्यालीसमेत भएकाले त्यसबाट नेपाल र नेपालीहरुले व्यापारिक तथा प्रविधिगत लाभ लिनसक्ने मागपत्रमा उल्लेख गरिएको छ । उक्त समितिले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई पनि भेटेर सोही माग राख्नुका साथै क्यालिफोर्निया भ्रमणको निमन्त्रणा दिएको छ । शिष्टताको परिचय दिन आग्रह प्रवासी नेपाली समुदायका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई राष्ट्रसङ्घको सहभागिता र अमेरिका भ्रमण सफलताको कामना गर्दै नेपालको समृद्धि र विकासका लागि प्रवासमा रहेका नेपालीले पनि भूमिका खेल्ने जनाएका थिए । उनीहरुले दोहोरो नागरिकताका समस्या र नेपालको संविधान संशोधनका सवालबारे पनि विचारविमर्श गरेका थिए । प्रधानमन्त्री ओलीले नेपालीहरु जहाँ रहे पनि शिष्ट र मर्यादित हुनुपर्नेमा जोड दिँदै गैरआवासीय नेपाली सङ्घभित्र पनि विवाद भइरहने स्थिति अन्त्य हुनुपर्ने बताउनुभयो । “नेपालीहरु जहाँ भए पनि यस्तै हो भन्ने प्रभाव पार्नु हुँदैन । साना स्वार्थले बुझ्दै नबुझी नराम्रा व्यवहार गर्न पुग्छन्, तिनीहरुलाई सम्झाइबुझाइ गरेर सही मार्गमा ल्याउनु हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले एकपटकको नेपाली सधैँका लागि नेपाली हुने मान्यतासहित काम गर्न आग्रह गर्दै राजनीतिक अधिकार प्रयोग गर्नुपरेमा प्रवासको नागरिकता निस्क्रिय पारेर गर्न सकिने बताउनुभयो । ‘गणतन्त्र मास्ने कुरा हुन सक्दैन’ राजनीतिक प्रसङ्गमा सहभागीको जिज्ञासामा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्यमान्यता, सङ्घीयता, गणतन्त्र र मुलुकको सार्वभौमसत्ताको रक्षाजस्ता विषयमा संविधान संशोधनमा हेरफेर नहुने भन्दै संविधानलाई परिस्कृत बनाउने क्रममा संशोधन आवश्यकपर्ने बताउनुभयो । उहाँले संविधान संशोधनको विषयमा दलहरुबचि आपसी छलफल गरी सहमतिका आधारमा गरिने भएकाले तत्काल संशोधन हुन सहज नभएको उल्लेख गर्नुभयो । टेक्ससमा पनि महावाणिज्यदूतावास खोल्न माग यसैगरी नेपाली सोसाइटी अफ टेक्सस र नेप्लिज अर्गनाइजेशन अफ टेक्सस एण्ड सायदेन युनाइटेड स्टेट्सले प्रधानमन्त्री ओलीलाई भेटेर टेक्ससमा पनि नेपाली महावाणिज्यदूतावास खोल्न माग गरेका छन् । ती संस्थाले त्यहाँ कन्सुलर कार्यालय खोल्नका लागि निःशुल्क कार्यालय उपलब्ध गराउने अवगत गराएका छन् । प्रधानमन्त्री ओलीले त्यसबारे आवश्यक छलफल गर्ने बताउनुभएको थियो । नेपालमा क्यानाडाको दूतावास खोल्न पहल गर्न आग्रह यसैगरी क्यानडामा रहेका नेपाली समुदायका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई भेटेर नेपालमा क्यानाडाको दूतावास खोल्न पहल गर्न आग्रह गरेका छन् । हाल भारतमा गएर नेपालीले क्यानाडाको प्रवेशाज्ञा लिनुपर्नेलगायत समस्या भएकाले नेपालमा दूतावास खोल्नुपर्ने उनीहरुको आग्रह थियो ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
लेखकको सबै आर्टिकल

ताजा समाचार

केसीसीएस(KCCS) कलेजको अध्यक्षमा राहुल यादव

दुर्गा प्रसाईं भारतको आसम राज्यबाट पक्राउ

चर्चित महानगरपालिकाको प्रहरी प्रमुख राजुनथा पाण्डे लाई कारबाहीकाे माग

युवा र विश्वदृष्टिकोण : एल .बि सुजन

ट्र्याक्टरको तेल ट्याङ्कीभित्र ब्राउन सुगर, दुई भारतीय नागरिक पक्राउ

सम्बन्धित समाचार

केसीसीएस(KCCS) कलेजको अध्यक्षमा राहुल यादव

दुर्गा प्रसाईं भारतको आसम राज्यबाट पक्राउ

चर्चित महानगरपालिकाको प्रहरी प्रमुख राजुनथा पाण्डे लाई कारबाहीकाे माग

युवा र विश्वदृष्टिकोण : एल .बि सुजन

ट्र्याक्टरको तेल ट्याङ्कीभित्र ब्राउन सुगर, दुई भारतीय नागरिक पक्राउ

पद्मकन्या बहुमुखी क्याम्पस स्ववियु सचिव पदमा आरती नेपालीको उम्मेदवारी

पद्मकन्या बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अध्यक्ष पदका लागि रबिना सथसंकरको उम्मेदवारी

एमालेबाट निर्वाचित वडाध्यक्ष ले कुटे प्रधानाध्यापक भिडियो समेत

Bigul Press

हाम्रो टिम

  • संचालक तथा प्रकाशक :.............
  • 9761810696
  • bigulpress2080@gmail.com
  • www.Bigulpress.com

सम्पर्क

  • बिगुल प्रेस प्रा.लि
  • सुचना बिभाग दर्ता:३९७९-२०८९/८०८१
  • प्रधान कार्यालय :काठमाडौं
  • 9761810696
  • bigulpress2080@gmail.com
  • www.Bigulpress.com
हाम्रा सञ्जालहरु

© 2025 | बिगुल प्रेस प्रा.लि. All rights reserved.

Made with ❤️ By Gorkhaly Labs

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च

केसीसीएस(KCCS) कलेजको अध्यक्षमा राहुल यादव

दुर्गा प्रसाईं भारतको आसम राज्यबाट पक्राउ

चर्चित महानगरपालिकाको प्रहरी प्रमुख राजुनथा पाण्डे लाई कारबाहीकाे माग

युवा र विश्वदृष्टिकोण : एल .बि सुजन

ट्र्याक्टरको तेल ट्याङ्कीभित्र ब्राउन सुगर, दुई भारतीय नागरिक पक्राउ

पद्मकन्या बहुमुखी क्याम्पस स्ववियु सचिव पदमा आरती नेपालीको उम्मेदवारी

पद्मकन्या बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अध्यक्ष पदका लागि रबिना सथसंकरको उम्मेदवारी

एमालेबाट निर्वाचित वडाध्यक्ष ले कुटे प्रधानाध्यापक भिडियो समेत

जनयुद्धमा बलिदान र मूल्यवोध : कृष्ण वाग्ले ‘रूपेश’

बुटवल उपमहानगरपालिकाको विज्ञापन करको ठेक्का खारेज गर्न व्यावसायिक संस्थाहरूको आग्रह

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

frontmobile profuel