काठमाडौँ, १ असोज : नेपालका लागि रोमानिका गैरआवासीय राजदूत डानिएला सेजोनोभ तानेको पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा आएको छ । वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विमोचन गरेसँगै पुस्तक नेपाली बजारमा आएको हो ।

बिज्ञापन

सोमबार यहाँ आयोजित कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले नेपालका कुनाकन्दरा घुमेर यहाँको सौन्दर्य वर्णन गरेकामा लेखिकाप्रति आभार व्यक्त गर्दै उक्त पुस्तक पढेर युरोपेलीमात्र नभइ अन्य देशका अङ्ग्रेजीभाषी पर्यटक नेपाल भ्रमणमा आउने विश्वास व्यक्त गर्नुभयो ।

बिज्ञापन

राजदूत तानेले नेपाल र नेपालीबाट आफू प्रभावित भएको बताउँदै यहाँको प्राकृतिक छटालाई शब्दमा वर्णन गर्न सकिन्न भन्नुभयो । फरक प्रसङ्गमा उहाँले नेपालीका निम्ति रोमानिया रोजगारीको आकर्षक गन्तव्य बनेको बताउँदै हाल उक्त मुलुकमा २० हजारभन्दा बढी नेपालीले काम गरिरहेका जानकारी दिनुभयो ।

यहाँस्थित रोमानियका अवैतनिक वाणिज्यदूत नारायण बजाजले नेपाल र नेपालीलाई पुस्तकका माध्यमबाट चिनाउन राजदूत तानेले सराहनीय काम गरेको बताउनुभयो ।
नयाँदिल्लीमा रहेर नेपाल र श्रीलङ्काको सहप्रमाणिकरणको समेत जिम्मेवारीमा रहनुभएकी राजदूत सेजोनोभले रोमानियाको कूटनीतिक सेवा प्रारम्भ गर्नुअघि अन्तरराष्ट्रिय रेडक्रसमा आबद्ध भएका बेला नेपालमा सेवा गर्नुभएको थियो ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel