नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी )प्रदेश न १ को विस्तारित बैठक सम्पन्न भएको छ।बैठक संगठनका प्रदेश नं १ संयोजक क.निशान कटुवालको अध्यक्षतामा भएको थियो । बैठकमा प्रमुख अतिथि संगठनका २३औं राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य क.वीरेन्द्र शाहले गर्नु भएको थियो भने बिशेष अतिथि पार्टीका १ नं ब्युरो इन्चार्ज क.सागर लिम्बूले गर्नु भएको थियो।अतिथिमा संगठनका प्रदेश १ र २ का कमाण्ड इन्चार्ज क. डी बि बुढाथोकी,प्रदेश १ इन्चार्ज क. कमला परियार, जन स्वयम् सेवकका प्रमुख क.भीम लिम्वू,पार्टीका झापा जिल्ला सेकरेटरी क .सिलाङले गर्नु भएको थियो भने अन्य विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो।
बिज्ञापन
बैठकले संगठनलाई थप सुदृढीकरण गर्ने र संगठन व्यापक विस्तार गर्ने उद्देश्यसहित १ नं प्रदेशमा “Mission Everyday Campaign-2″सञ्चालन गर्ने घोषणा गरेको छ। मंसिरमा तोकिएको २३ औं राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर १ नं प्रदेशको सबै जिल्लाहरुमा सम्मेलन र भेला गर्ने निर्णय गरेको छ। अभियानको सुरुवात झापा जिल्ला बाट सुरु गरेर सम्पूर्ण जिल्लामा जाने निर्णय गरिएको छ ।





