बर्दिबास भदौ १२, नेकपा(बहुमत)निकट अखिल (क्रान्तिकारी) मधेश प्रदेशको प्रथम विस्तारित बैठक बर्दिबासमा सम्पन्न भएको छ ।
नेकपा (बहुमत) ले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसँग पार्टी एकता असफलता घोषणा गरेपछि अखिल (क्रान्तिकारी)ले पनि उक्त समूहबाट स्वतः अलग भएको जनाएको छ । आज बर्दिबासमा सम्पन्न प्रथम विस्तारित बैठकमा अखिल (क्रान्तिकारी)का कुनै पनि सदस्य त्यस समूहमा नरहेको र सबै प्रथम विस्तारित बैठकमा सहभागी भएको संयोजक आयुस घिमिरेले बताएका छन् ।
बैठकमा सम्बोेधन गर्दै प्रमूख अतिथि अखिल (क्रान्तिकारी)का २३ औँ राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य विरेन्द्र शाहले अखिल क्रान्तिकारीका हरेक सदस्यले आमविद्यार्थीको मुद्दाको नेतृत्व गरेर विद्यार्थी आन्दोलनलाई नयाँ उचाइँमा पु¥याउन हरेकक्षण मेहनेत गर्न निर्देशन दिएका छन् ।
त्यस्तै नेकपा (बहुमत)का २ नं. व्यूरो ईञ्चार्ज नयनले विद्यार्थीले हरेक क्षण हरेक मुद्दामा अग्रमोर्चामा संघर्ष गर्न आग्रह गर्दै पार्टीले हरेक प्रकारले सहयोग र अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
क्रान्तिकारी युवा संगठनका नेता अभिनाशले भ्रष्ट, माफियाहरुको विरुद्धको संघर्षमा युवा र विद्यार्थीहरुले हातमाहात मिलाएर गर्नुपर्नेमा जोड दिए ।
अखिल क्रान्तिकारीका प्रदेश १ र मधेश प्रदेश समन्वय ईञ्चार्ज डिवि बुढाथोकीले संगठनलाई वास्तविक विद्यार्थीमाझ स्थापित गर्न र सडक बाघको रुपमा स्थापित गर्न लाग्नुपर्नेमा जोड दिए ।
अखिल क्रान्तिकारीका मधेश प्रदेश ईञ्चार्ज पारस राहादी मगर एजेण्डामाथि उठेका विषयहरुमा प्रष्ट पार्दै अखिल (क्रान्तिकारी)ले रचनात्मक र एक्सनल कार्यक्रमको सही संयोजन गर्दै अगाडि बढ्ने प्रतिद्दता जनाए । साथै मिसन एभ्रिडे अभियान २०८० को समीक्षा गर्दै मिसन एभ्रिडे अभियान २०८१ लाई राष्ट्रिय सम्मेलनको तयारीको रुपमा सञ्चालन गर्ने बताए ।
बैठकले देव गोलेलाई महोत्तरी जिल्ला संयोजक र सिद्दान्त सेन्चुरीलाई धनुषा जिल्ला संयोजकको जिम्मेवारी तोकेको छ । त्यस्तै, दिनेश महतो र प्रतिमा पौडेललाई बर्दिबास जनता बहुमुखी क्याम्पसको क्रमशः ईञ्चार्ज र संयोजक तथा सुजन यादवलाई बर्दिबास नगर समितिको संयोजक, छात्रा विभाग संयोजकमा प्रतिमा पौडेललाई जिम्मेवारी दिएको छ ।
स्थानीय तहमा मागपत्र बुझाउने, निजी शिक्षण संस्थाको शुल्क बृद्धि, सामुदायिक विद्यालयको भ्रष्टार विरुद्ध संघर्ष, लागुऔषध, आत्महत्या, बालविवाह, वालश्रमशोषण, छात्रामाथिको यौनहिंसा लगायत विविध विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।





