काठमाडौँ । काठमाडौंको टुँडिखेलमा भदौ १० गते गौरा पर्वको कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका आरोपमा प्रहरीले दुई जनालाई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत घर भएका गोपीराम जैशी र रामबहादुर बुढा छन् ।
बिज्ञापन
उनीहरुले प्रधानमन्त्री र देउवाविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताउनु भएको छ ।





