अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिद्वारा आयोजना गरिएको मिसन एभरी डे अभियान सातै ओटा प्रदेशमा भव्यताका साथ सुरु भइरहेको थियो । यस अभियानको नारा थियो – “our mission, free health free education “र सहायक नारा थियो “वैज्ञानिक शिक्षाको पहिलो चरण ,शिक्षा र स्वास्थ्यमा राष्ट्रियकरण”। यस कार्यक्रमले शिक्षा र स्वास्थ्यमा भएको निजीकरण, व्यापारीकरण र माफियाकरणका विरूद्ध आवाज उठाउने काम गरिरहेको थियो । यसै कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी थिए।

बिज्ञापन

यस अभियान गण्डकी प्रदेश अन्तर्गत कास्की र तनहुँ जिल्लामा समग्र रुपमा चलाउने निर्णय गर्यो । पहिला तनहु जिल्ला सकेर कास्कीमा अभियान चलाउने निर्णय भयो । तनहुँमा अभियान चलाउन कास्कीबाट म क. सन्जना राई र क.गगन परियार गयौं । लगभग रातको ७ बजे हामी पोखराबाट तनहुँ तर्फ लाग्यौ। म जिल्लाको सदस्य मात्र थिए के गर्नु पर्छ ,के भन्नु पर्छ मलाई केही थाहा थिएन। बसमा जाँदा गगन दाईले सबै कुरा बताउँदै हुनुहुन्थ्यो । म सुनिरहेको थिए। लगभग ९ बजेतिर हामी तनहुँ बजारमा ओर्लियौ। त्यहाँबाट करिब २०० मीटर भित्र कार्यालयमा गयौं ।त्यहा जाँदा थुप्रै कमरेडहरु हुनुहुन्थ्यो ।सबैजना पुरुषहरु त्यही माथि ठूला मान्छेहरू। एकछिन त म अलमल्ल परे।सबैलाई सलाम गरेर आफ्नो परिचय दिए।त्यहाँ उमेरले सानो त्यही माथि म एउटै मात्र केटी ।बस्न अप्ठ्यारो लागि रहेको थियो । गगन दाईलाई म फर्किन्छु भने।दाईले अप्ठ्यारो मान्नु पर्दैन सबै दाईहरु हुन् भन्नु भयो । शिव दाईले खाना पकाउनु भएको रहेछ।हामी खाना खाएर सुत्यौ। सुत्नको लागि मलाई एउटा खाट थियो। दाईहरु तल सुत्नु भयो। भोलि पल्ट देखी हाम्रो अभियान सुरु गर्ने निधो गरियो। हामी विभिन्न विद्यलयहरुमा गएर आफ्नो विचारहरू राखी रहेका थियौ ।त्यसै अनुरूप विद्यार्थीहरु संगठनमा जोडिएका पनि थिए। अभियानमा गण्डकी प्रदेश संयोजक क. प्रेम प्रशान्त बोहोरा,क्याम्पस जिल्ला संयोजक क.मनिस रेग्मी,कास्की जिल्ला संयोजक क .गगन परियार,तनहुँ जिल्ला संयोजक क.शिव सदासंकर,केन्द्रीय सदस्य क.अमृत श्रेष्ठ र म क. सञ्जना राई थियौं।

बिज्ञापन

पहिलो दिन अभियानमा जाँदा म निकै डराइरहेको थिए। बाटो भरि सबै कमरेडहरुलाई सोधिरहेको थिए। सुरुमा केही भन्नै सकिरहेको थिएन।तर अरूहरूले गर्नु भएको हेरेर धेरै कुरा सिकें।सुरुको दिन मैले हेर्ने मात्र काम गरे। दोस्रो दिन बाट मैले पनि कक्षामा गएर आफ्नो परिचय मात्र भए पनि राखे। पछि पछि बिद्यार्थीहरुलाई कविता, गजल भनेर मनोरञ्जन गराउन थाले। बिस्तारै बिस्तारै आफ्नो भनाई पनि राख्ने कोसिस गरिरहेको थिएँ। कमरेडहरुले मलाई धेरै हौसला दी रहनु भएको थियो जसले गर्दा म मा थप ऊर्जा थपिरहेको थियो। धेरैले “छोटा प्याकेट बडा धमाका”भनेर अझै अगाडि बढ्न प्रोत्साहान गर्दै हुनुहुन्थ्यो। संगठन बनाउन जाने क्रममा हामी तनहुँ जिल्लामा अवस्थित सत्यवती मा वि मा पनि पुग्यौँ।त्यहा जाँदा त्यहाको सह प्रधानाध्यापकले हामीलाई संगठन बनाउन दिई रहेका थिएनन्।हामीले जसरी पनि बनाउछौ भनेर कक्षाकोठामा गएर आफ्ना विचार राख्दै थियौं । विद्यालय अनुगमन गर्ने क्रममा त्यहाँको शौचालय निकै फोहोर र चुक्कुल समेत नभएको देखियो । विद्यार्थीले प्रयोग गर्ने शौचालय निकै जीर्ण अवस्थामा थियो भने शिक्षकले प्रयोग गर्ने शौचालय सफा र पानी भएको थियो । शुल्क लिने समयमा विद्यार्थीको ढाड सेक्ने गरी लिने तर त्यति धेरै विद्यार्थी पढ्ने नमुना विद्यालयमा शौचालयको उचित बेवास्ता नभएको भन्दै हामीले त्यहा तालाबन्दी गर्यौ। त्यसबेला त्यहाका शिक्षक र हामी बिच ठूलो विवाद भयो ।केही शिक्षकहरुले हामीलाई हात हाल्न समेत पछि परेनन् ।शिक्षक जस्तो प्रतिष्ठित ठाउँमा बसेर पनि त्यस्तो काम गरेको देख्दा सारै रिस उठ्यो। अन्ततः उनीहरूले लिखित माफी मागेर समस्याको समाधान गरे।

तनहुँमा सकिए लगतै हामी सबै जना भिमाद तर्फ लाग्यौ।भिमादमा हामी क. नारायण लम्सालको रिसोर्टमा बस्यौँ।हामीलाई उहाँको श्रीमतीले फूलमाला लगाइदिएर स्वागत गर्नु भयो।जाडो मौसम भएकाले हामी आगो तापेर बसिरहौँ। करिब १० बजे तिर हामी सुत्न कोठामा गयौं।म कोठामा एकलै सुते। अरु हरु मिलेर सुत्नु भयो। बिहान उठेर हामी जनप्रिय विद्यालयमा गयौं र संगठन बनायौ। सबै विद्यालयमा मूल एकाइ कमिटी बनाएर हामी जिल्ला भेला तर्फ लाग्यौ। तनहुँ जिल्ला भेला भव्यताका साथ सम्पन्न भयो ।

बिज्ञापन

तनहुँमा अभियान सकाएर म,क.गगन र क.मनिस पोखरा तर्फ लाग्यौ।त्यसको केही दिनमा बैठक भयो ।बैठकमा मलाई आर्थिक बिभागको जिम्मा दिएको थियो । त्यसै समयमा केन्द्रबाट प्रत्येक प्रदेश बाट १/१ जना प्रतिनिधि केन्द्रीय अभियानमा पठाउन निर्देशन आयो। कोही जान सम्भव नभए पछी गण्डकी प्रदेशबाट मलाई नै पठाउने निधो भयो । स्वास्थ्य अवस्था मेरो त्यति ठीक थिएन। बेला बेला panic attack,anxiety भै रहेको थियो । बहिनी फ्रेश पनि हुन्छे केही कुरा पनि सिकेर आउँछ भनेर दाइहरूले मलाई अभियानमा पठाउने तयारी गर्नु भयो । म नाइट बस चडेर विराटनगरतिर लागे।

विराटनगर म बिहानको ८ बजे पुगे । त्यहा लिन मलाई एकजना कमरेड आउनु भयो । म उहाँको घरमा गए ,खाना खाएर आराम गरे। अस्वस्थ शरीर त्यै माथि रातभरको निन्द्रा।मेरा आँखा कति बेला लोलाएछन् पत्तै भएन । साँझपख एकजना कमरेड मलाई लिन आउनु भयो।उहाँले अरूहरू बस्नु भएको ठाउँसम्म लगिदिनु भयो । सुरुमा जाँदा क. कमला बाहेक अरु संग खासै चिनजान थिएन। क.रुपासँग तनहुँमा एक पटक भेट हुने मौका पाएको थिएँ तर बोलचाल भएको थिएन।अरु सबै नयाँ मेरो लागि । स्लोपकट कपाल काटेको हुनाले पहिला सबैले भाई भन्दै बोलाउनु भयो । (कपाल काट्नुको कारण अर्को भागमा आउने छ) सबै जना केन्द्रीय सदस्यहरु म जिल्ला सदस्य । कसरी घुलमिल हुने भनेर म मनभित्र कुराहरु खेलाईरहेको थिए। उमेरका हिसाबले सबै भन्दा कम उमेरको मै थिए। बिस्तारै उहाँहरुसँग नजिकिन थाले।धेरै कुरा जान्न थाले।उहाँहरूसंग मिलेर काम गर्न पाउँदा निकै खुसी थिए । कोशी प्रदेशको अभियान सकेर हामी कन्याम तिर लाग्यौ ।कन्याम सम्म पुग्दा हामी क.रुपा बुढामगर, क.पारस रहादी मगर, क . डी बी बुढाथोकी, क. आयुष घिमिरे, क.कमला परियार, क.राजन साउद, क.सक्षम विश्वकर्मा र म गरी ८ जना थियौं । साँझपख पुगेर हामीले सेकुवा पोल्दै खादै नाचेर खुब रमाइलो गरियो। भोलि पल्ट बिहानै हामी कन्याम चिया बगान घुम्यौं।त्यहा पुगेर सांस्कृतिक पहिचान झल्कने पोसाक लगाएर फोटो खिच्यौ।

त्यसपछि हाम्रो अभियान मधेश प्रदेश तर्फ केन्द्रित भयो ।मधेश प्रदेशमा आउन बित्तिकै हाम्रा अभियानका कमान्डर क. रुपा बुढामगर काठमाडौं फर्किने तयारी गर्नु भयो। मन गरौं बनाएर उहाँलाई बिदाइका हात हल्लाउन बाध्य भयौं। अभियानमा अरु कमरेडहरु पनि थपिनु भयो । थपिनेहरुमा वीरगंजबाट क.रवीन्द्र त्यसैगरी काठमाडौंबाट क.छत्रकुमार वि. क र क.दिनेश नेपाली हुनुहुन्थ्यो। मधेश प्रदेशमा २ दिनको बसाइँ पश्चात मेरो परीक्षा आउन लागेको साथै मेरो स्वास्थमा पनि समस्या आएको हुनाले म विदाई भएर कास्की फर्किए।

यसरी मेरो अभियान तनहुँ देखि सुरु भएर सिराहा गएर टुंगियो।अभियानमा धेरै कुरा सिक्ने अवसर मिल्यो । शिक्षा र स्वास्थ्यमा हुने विभिन्न किसिमका बेथिति र विसंगतिका विरुद्ध आवाज उठाउनु पर्छ भन्नेकुरा थाहा पाएँ। दलाल र पुँजीवादी समाजलाई जरैदेखि उखालेर समाजलाई समानतातर्फ लाग्नु पर्छ भन्ने कुराको ज्ञान भयो।समाजमा हुने जातीय विभेद,लैंगिक विभेद,आर्थिक विभेदलाई परास्त गरेर नयाँ वैज्ञानिक समाजको निर्माण गर्न तर्फ हामी सबै एकजुट भएर लाग्नु पर्छ।पुरातनवादी सोच (शिक्षा)लाई हटाएर नयाँ वैज्ञानिक शिक्षा लागू गर्नु पर्ने रहेछ भन्ने कुरा पनि थाहा पाएँ। सामान्य जिल्लाको सदस्य भएर गएको म अहिले जिल्लाको सचिव भइसकेको छु। अझै धेरै कुराहरु सिक्न बाँकी छ। मलाई विश्वास गरेर केन्द्रीय अभियानमा पठाउनु हुने आदरणीय दादाहरु क. प्रेम र क.गगनलाई धेरै धेरै धन्यबाद।साथै विशेष धन्यवाद अखिल (क्रान्तिकारी)का केन्द्रीय संयोजक आदरणीय मामा क.मिलन राई लाई दिन चाहन्छु। अभियानबाट आए पश्चात म मा केहि गर्ने साहस आएको छ। जसरी हाम्रा वीर र महान सहिदहरुले आफ्नो देश र जनताका लागि आफ्नो ज्यान दाउमा राखे । त्यसरी नै म पनि सहिद हरुले देखाएको बाटोमा सधैं तठस्त भएर लाग्ने प्रण गर्दछु।
क.सन्जना चाम्लिङ राई
कास्की जिल्ला पूर्व सचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
सन्जना चाम्लिङ राई
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel