काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को शुदुरपश्चिम बैठकमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बिज्ञापन

संगठनका केन्द्रीय संयोजक मिलन राईको प्रमुख आथित्यता र संगठनका सुप संयोजक लक्ष्मी शाहको अध्यक्षतामा बिहिबार कैलालीको अतरियामा चलिरहेको बैठक स्थलमा प्रहरीले हस्तक्षेप गरेको संगठनका एक नेताले जानकारी दिए ।

बिज्ञापन

बैठक चलिरहेको स्थलबाट नेकपा (बहुमत) का महाधिवेशन आयोजक समितीका सदस्य तथा कैलाली जिल्ला इन्चार्ज तपेन्द्र न्यौपाने ‘संघर्ष, जिल्ला संयोजक प्रकाश रावल, पुर्व विद्यार्थी नेता तथा हाल पार्टीको महाधिवेशन आयोजक समिती सदस्य गणेश रैकाल र अन्य जना जिल्ला स्तरिय नेतालाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तार गर्नुको कारण भने प्रहरीले हाल सम्म खुलाएको छैन् ।

विद्यार्थी संगठनको बैठक चलिरहेको स्थलमा केही सादा र बर्दि सहितका दर्जनौं प्रहरी परिचालन गरेर राज्यले आम जनतामा राज्य आतंक शिर्जना गर्न खोजेको एक नेताले बताए ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel