काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) द्धारा मंगलबार अनामनगरस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।
बिज्ञापन
देशमा कानुन निर्माण भएको तर त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै महासचिव कञ्चन्ले वर्तमान सरकार भ्रष्टाचारका ठुला-ठुला काण्डमा संलग्न रहेको बताए ।
बिज्ञापन
सरकार, बैंकिङ क्षेत्र, सेना, प्रहरी, कानुन व्यवसायी, न्यायालय लगाएत देशका प्राय क्षेत्र भ्रष्टाचारबाट अछुतो रहन नसकेको उनले बताए । सबै क्षेत्र भ्रष्टाचारमा लिप्त हुनुको पछाडी अहिलेको दलाल संसदीय व्यवस्था रहेको महासचिव कञ्चन्को भनाई रहेको छ ।
उनले भ्रष्टाचार सम्बन्धि ५ वर्षे हदम्याद राख्ने निर्माणाधीन कानुन खारेज हुनुपर्ने, मन्त्रीपरिषदले नीतिगत निर्णय गरि गरिएको भ्रष्टाचारमा अख्तियारले छानबिन गर्न पाउनुपर्ने, भ्रष्टाचारमा मुछिएका न्यायालय वा अदालत र न्यायाधीशहरुलाई अख्तियर दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा ल्याउनु पर्ने, सम्पुर्ण व्यावसायिक बैंकहरु खारेज गरेर त्यसको सम्पत्ति राष्ट्रियकरण गरी राष्ट्रियकरण गर्नु पर्ने, नेपालमा भ्रष्टाचार गरि विदेशमा राखिएको सम्पुर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, हालसम्मका सम्पुर्ण उच्च पदस्तहरुको सम्पत्ति छानबिन गरि भ्रष्टाचार गरिएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने लगायतका मागहरु रहेको बताए ।
बिज्ञापन
सहकारी ठगी प्रकरमा रवि लामिछाने साना माछा वा चल्ला भएको भन्दै महासचिव कञ्चन्ले यस प्रकरणका ठुला माछा भनेका एमाले र नेपाली कांग्रेसका नेताहरु नै रहेको बताए । सहकारी ठगी प्रकरमा मुछिएका एमाले र कांग्रेसका नेताहरूलाई जगाउनको लागि अहिले अनेक प्रकारका प्रपञ्चहरू रचिएको बताए ।
नेकपा (बहुमत) ले भ्रष्टाचारविरुद्ध भाद्र १४ गते सबै जिल्लामा कोण सभा आयोगना गर्नेदेखि असोज ३ गते काठमाडौंमा जनप्रर्दशन गर्ने लगाएतका संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
आन्दोलनका मागहरुः –
– भ्रष्टाचार सम्बन्धी पाँच बर्षे हदम्याद राख्ने निर्माणधिन कानुन खारेज गरे ।
– मन्त्रिपरिषदले नीतिगत निर्णय गरी गरिएका भ्रष्टाारमा अख्तियार नलाग्ने प्रावधान खारेज ।
– सबै खाले बैंक तथा वित्तिय लुटपाटजन्य भ्रष्टाचार बन्द गर ।
– साँवा बराबरभन्दा बढी ब्याज असुल्न नपाउने प्रचलित विद्धमान कानुनी व्यबस्था साथै अदालतको फैसला सबै क्षेत्रमा लागू गर ।
– सरकारी बैंक (राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड) का शाखाहरु गाउँगाउँसम्म स्थापना गर ।
– सम्पूर्ण निजि व्यवसायीक बैंकहरु खारेज गर, त्यसको सम्पत्ति राष्ट्रियकरण गरी राष्ट्रिय उद्योगहरु स्थापना गर ।
– बैंकले धितो लिलाम गर्दा ऋणीको धन सम्पति अवमुल्यन गरी लुट्ने काम बन्द गर।
– भ्रष्टाचारमा मुछिने अदालत र न्यायाधीशहरुलाई अख्तियारको छानविनमा ल्याउने व्यवस्था गर ।
– नेपालबाट भ्रष्टाचार गरी विदेशमा राखिएको सम्पत्ति फिर्ता गर ।
– अहिलेसम्मका सम्पूर्ण उच्च पदस्तहरुको सम्पत्ति छानबिन गरी भ्रष्टाचा गरिएको सम्पत्ति राष्ट्रियकरण गर ।






