पर्वत, १० भदौः विगत तीन दिनदेखि आफ्नै घरबाट बेपत्ता भएकी पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीकी एक महिलाको मृत अवस्थामा भेटिएकी छिन् ।

बिज्ञापन

स्थानीय ८० वर्षीया वसुन्धरा बगालेलाई मृत अवस्थामा आज दिउँसो २ः१५ बजे प्रहरीले फेला पारेको हो । गत शनिबार साँझ ६ः३० बजेदेखि बेपत्ता भएको भनी प्राप्त भएको सूचनाका आधारमा खोजतलास गर्न पुगेको प्रहरी टोलीले उनलाई घरभन्दा करिब तीन किमी उत्तरतर्फको एकोहोरे जङ्गलको भिरमुनि अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक भुवन बरामले जानकारी दिनुभयो ।

बिज्ञापन

मोटरबाटोको डिलबाट लडेर तीन/चार सय मिटर तल पुगेका कारण मृत्यु भएको जस्तो देखिने प्रहरी निरीक्षक बरामले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक वृद्धले लगाएको गरगहना र लुगाफाटो जस्ताकोतस्तै रहेकाले लडेकै कारणले मृत्यु भएको जस्तो देखिएको छ । मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला असपताल पर्वतमा राखिएको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel