काठमाडौँ, १० भदौ : काठमाडौँको शङ्खमूलमा आफ्नै स्नुकर हाउस तथा खाजा घरको सोफामा घाइते अवस्थामा भेटिएका सञ्चालक रुपक बान्तवाको आज मृत्यु भएको छ ।

बिज्ञापन

जिल्ला पहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीकानुसार काठमाडौँ महानगरपालिका–१० शङ्खमूलस्थित बागमती कोरिडोर सुकुम्वासी बस्तीमा रहेको ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’का सञ्चालक बान्तवाको मृत्यु भएको हो ।

बिज्ञापन

अधिकारीकानुसार बान्तवा आज बिहान करिब २ बजेको समयमा खाजा घरको सोफामा घाइते अवस्थामा भेटिएका थिए । उक्त जानकारी प्राप्त हुने बित्तिकै घटनास्थल पुगेर प्रहरीले उद्धार गरी उपचारका लागि सिभिल अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel