मान्म (कालीकोट), ९ भदौः कालीकोटको तिलागुफा नगरपालिकामा जोखिममा परेका बालबालिका परिवारलाई खाद्यान्न वितरण गरिएको छ । अति जोखिममा रहेका बालबालिकालाई वडा बालअधिकार समितिको सिफारिसमा खाद्यान्न वितरण गरिएको छ ।

बिज्ञापन

नगरपालिकाका ६८ जना बालबालिकाका आफन्तलाई खाद्यान्न सहयोग गरिएको ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ)की अध्यक्ष कल्पना रावल बोगटीले जानकारी दिनुभयो ।

बिज्ञापन

“नगरपालिकाको सिफारिसमा बालबालिकालाई खाद्यान्न वितरण गरिएको छ”, उहाँले भन्नुभयो, “विपद् तथा अन्य जोखिममा रहेका बालवालिकालाई खाद्यान्न वितरण गरिएको छ ।”

वडाबाल अधिकार समितिको सिफारिसमा अति जोखिममा रहेका बालबालिका र उनीहरुका आफन्तलाई चामल, दाल, तेललगायतका खाद्यन्न सामग्री वितरण गरिएको नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel