त्रिशूली (नुवाकोट), ९ भदौः डिभिजन वन कार्यालय नुवाकोटले विदुर नगरपालिका–१ स्थित मानवबस्ती नजिकै घाइते अवस्थामा दुलर्भ वन्यजन्तु कालो सालकको उद्धार गरेको जनाएको छ ।

बिज्ञापन

शनिबार स्थानीयले त्रिभुवन त्रिशूली माविको पर्खाल आडमा देखेको कालो सालकको उद्धार र उपचार पश्चात सुरक्षित स्थानमा छाडिएको डिभिजनल वन प्रमुख रोशना पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार वयस्क हुने क्रममा रहेको सालक आँखा छेउमा सामान्य चोट लागेको अवस्थामा रहेकाले उपचार पश्चात प्राकृतिक हावापानीले उपयुक्त स्थान (जंगल)मा छाडिएको हो ।

बिज्ञापन

“लोपोन्मुख वन्यजन्तुमा पर्ने कालो सालक मानव वस्ती नजिकै कसरी आइपुग्यो भन्नेमा अध्ययन तथा जाँचबुझ गर्दैछौँ”, डिभिजनल वन प्रमुख पोखरेलले भन्नुभयो, “हुर्किएको बच्चा (वयस्क हुने क्रममा रहेको) एकवटा मात्र सालक देखा परेकाले अन्य पनि हुनसक्ने आशङ्कामा उक्त क्षेत्र आसपासमा निगरानी बढाएका छाँै ।”

विभिन्न आठ प्रजातिका सालक हुने भएपनि विशेषगरी नेपालमा भने कालो र तामे प्रजातिका मात्र पाइने गरेका छन् । लोपोन्मुख वन्यजन्तुमा पर्ने कालो जातको सालक निकै दूर्लभ भएकाले संरक्षणका लागि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले रातोसूची (संकटग्रस्त प्रजाति)मा राखेको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel