नेकपा (बहुमत)निकट अखिल(क्रान्तिकारी)काठमाडौं जिल्ला समितिले महानगर शिक्षा बिभागले विद्यार्थी संगठनलाई बिधालयमा प्रवेश गर्न रोक लगाएको प्रति आपत्ति जनाएको छ । काठमाडौं जिल्ला संयोजक हस्त बि।क।ले प्रेस वक्तव्य जारी गर्दै आपत्ति जनाएका छन । वक्तव्यमा भनिएको छ । अखिल (क्रान्तिकारी)ले नेपालको आमूल परिवर्तनको संघर्षमा बलिदानीका गौरवगाथा रच्दै नेपाली विद्यार्थीहरुको वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको सपना लाई साकार पार्ने उद्देश्य सहित क्रान्तिको अग्रमोर्चामा घनिभुत संघर्ष गरीरहेको बिषय सर्वबिधितै छ । पछिल्लो समय शिक्षा जस्तो पबित्र मन्दिरमा शृङखलाबद्द हिसाबले स्कुल कलेजहरुमा शिक्षकहरुबाट नै यौन हिंसा लगायतका दुर्ब्यावहार भैरहेका छन । बिशेष गरी काठमाडौं महानगरपालिका अन्तर्गतका शैक्षिक सस्थाहरुले नेपालको संविधानको धारा ३१ मा माध्यामिक तहसम्मको शिक्षा निशुल्क गर्ने संविधान प्रदत्त हकका खिलाफमा देशभरका शैक्षिक सस्थाहरुलाई उछिन्दै विद्यार्थीहरुबाट चर्को शुल्क अशुल गरीरहेका छन । विद्यार्थीहरुलाई खानेपानी ,शौचालय लगाएतका न्युनतम सुबिधाहरुको समेत ब्यवस्था छैन । यस्ता समस्याहरुको समाधानका लागि निर्णायक पहलकदमि लिनुपर्ने काठमाडौं महानगर शिक्षा बिभागले शैक्षिक माफियाहरुको प्रभावमा परेर उल्टै शैक्षिक बिकृति बिरुद्द निरन्तर सङ्घर्षरत बिध्यार्थि सङ्गठन लाई शैक्षिक सस्थाहरुमा प्रबेशमा रोक लगाउने आशयएको बक्तब्यवाजिप्रति हाम्रो सङ्गठनको गम्भिर ध्यानाकर्षण भएको छ । बिध्यार्थि आन्दोलनको नेतृत्वमा हजारौ योद्दाहरुको बलिदान , लाखौ योद्दाहरुको रगत र पसिनाबाट निरङ्कुस शासन ब्यवस्थालाई परास्त गरी स्थापित ब्यवस्थामा फुलेका बालेनले बिध्यार्थि सङठन बिरुद्द चालेको कु( कदम तुरुन्तै सच्याउन अनुरोध गर्दछौ । अन्यथा बालेन प्रशासनका बिरुद्द निर्मम सङ्घर्ष गरीनेछ । स्मरण रहोस राणा शासन र राजतन्त्रलाई धुलोपिठो पार्ने विद्यार्थी आन्दोलनले जाबो बालेन प्रशासनलाई ठेगान लगाउन कुनै आइतवार कुर्नुपर्ने छैन ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel