काठमाणडाै, अखिल (क्रान्तिकारी) को केन्द्रिय नीति अनुसार Mission Everyday Campaign – २०८० माघ २८ गते बाट सुरु भयो जुन नेपालको सातवटै प्रदेशमा सुरु गर्ने गरि संचालन गरियो । अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक क. मिलन राईको उपस्थिति र कार्यालय सदस्य कमरेड रुपा बुढाको कमान्डमा हाम्रो अभियान टोली मिसन एभ्री डे क्याम्पियनको लागि हामी पुर्वी भुगोल तिर हिडयौ । त्यस अभियानको कमाण्डर कमरेड रुपा बुढा क्रमशः सचिवालय सदस्य क.डि बि बुढाथोकी, क.कमला परियार, क. पारस राहदी मगर र केन्द्रीय सदस्य क. सक्षम विश्वकर्मा, क.निसान कटुवाल, क.निकास बस्नेत, आयुश घिमिरे र जिल्लाबाट क. रतन परियार, दिलिप पुन, सन्जना राई, क.पवन सहितको टोलि सहभागी थियो । मिसन एभ्री डे अर्थात उद्देश्य सहितको प्रत्येक दिन भन्ने अर्थ हुन जान्छ । जसको मुल नारा शिक्षामा निजीकरण, व्यापारीकरण र माफियाकरण विरुद्धको जागरण अभियान थियो । सहायक नारा – “Our Mission , Free Health Free Education” . अर्को सहायक नारा – ” वैज्ञानिक समाजवादी शिक्षाको पहिलो चरण, शिक्षा र स्वास्थ्यमा राष्ट्रियकरण ” भन्ने नारा सहित हाम्रो अभियान अगाडि बढ्यो जसको उद्देश्य थियो शिक्षामा निजीकरण, व्यापारिकरण, माफियाकरण र त्यसको पक्षपोषण गर्ने दलाल संसदिय व्यवस्थाका विरुद्धमा जनमत तयार गरेर संघर्ष अगाडि बढाउने । अन्य थप संसदीय राजनीतिक पार्टीहरुको मिसन चौरासी भण्डाफोर गर्नका साथै जनतालाइ भ्रम बाट मुक्त गर्ने लगायतका विषयवस्तु सहित हाम्रो अभियान विद्यार्थीहरु र आमजनताहरुका बिचमा व्यापक रुपमा सुरु गरियो । जसमा फिल्डमा गएर प्रत्यक्ष रुपमा विद्यार्थीको जनगुनासो र बौद्धिक तप्काको मानिसहरुसङ्ग नेपालको शैक्षिक अवस्था बारे छलफल तथा बहस गरियो । अभियानकै क्रममा थुप्रै विद्यालय, क्याम्पस पुगेर त्यहाँको वस्तुगत स्तिथी बुझ्न पाइयो । हाम्रो अभियानको मुल उद्देश्य भनेको नेपालमा भयको द्वैध प्रकृतिको शिक्षा, युवाहरूको वैदेशिक पलायन र नेपालमा हुने सबौखाले भ्रष्टाचारका विरुद्धमा बहस छेड्ने र समस्या समाधानको उपाय खोज्ने हो ।

बिज्ञापन

नेपालमा भएको दुई प्रकारको शिक्षा नितिले शैक्षिक असमानता बढदै गएको अवस्था छ । शिक्षामा आम सबैको सहज पहुँच हुनुपर्छ भन्ने कुरा अखिल (क्रान्तिकारी)को मात्रै होइन यो त स्वयं संसदीय संविधान धारा ३१ को उपधारा (१) र (२) मा आधारभुत शिक्षा निशुल्क र अनिवार्य , माध्यमिक शिक्षा निशुल्क हुनुपर्छ भनेर लेखिएको छ । हाम्रो माग त यो लागू हुनु पर्छ भन्ने हो । यहाँ त कानुन बनाउने मन्त्री, सांसदहरुले स्वास्थ्य र शिक्षालाई प्रमुख व्यापार बनाउदै गइरहेको अवस्था छ । जसको कारणले हुने खानेले लिने शिक्षा एउटा र हुँदा खानेले लिने शिक्षा अर्को बनिराखेको छ ।सहरी क्षेत्रबाट बाहिर गएर हेर्दा जहाँ बिकट जिल्लामा शिक्षा आर्जन गर्नैको लागि घण्टौ हिड्नु पर्ने अवस्था छ । कलिला नानीहरु बलात्कृत र जनावरको सिकार हुनु परेको छ । त्यसैले हाम्रो मिसन भनेको नै यस्ता ठाउँहरुमा सहज शिक्षालयको उपलब्धता हुनुपर्छ भन्ने हो । यस्ता कुरामा ध्यान नदिएर सरकार कानमा तेल हालेर सुतेको अवस्था छब। यसको लागि हाम्रो संगठन सडक बाघको रुपमा संघर्षरत छ । पञ्चायती व्यवस्था ढाल्ने देखि लिएर गणतन्त्र ल्याउन सम्मको बलिदानी दिने विद्यार्थी संघ संगठन अहिले पार्टीको भोटको भर्‍याङ मात्र बनिराखेको देखिन्छ । अन्य विद्यार्थी संगठनहरु पार्टीको झोला बोकेर गुट उपगुटमा लागेर कमाउ धन्दामा छ्न रहेको बेला हाम्रो संगठन अखिल (क्रान्तिकारी) विशुद्ध रूपमा शिक्षा र स्वास्थ्य को विषय लाई लिएर अग्रमोर्चामा लडिरहेको संगठन हो । क.रुपाको कमान्डमा अभियान टोलि पुर्व धरान देखि सुरु भयो जहाँ शिक्षकहरु सङ्ग बौद्धिक बहस सहित सरकारी विद्यालयमा छलफल तथा कमिटी गठन गरियो । त्यहाँको अवस्थाबारे बुझ्ने अबसर प्राप्त भयो स्कुल क्याम्पसका समस्या र समाधानको विषय लिएर शिक्षकहरु सङ्ग एक प्रकारको छलफल सहित धरानमा पाँच दिनको अभियान सकाएर हाम्रो अभियान टोलि इटहरीको लागि हिड्यो । इटहरीमा दुई दिनको अभियानको क्रममा स्कुलमा भएको राजनैतिक अराजकता र खस्किदो शैक्षिक गुणस्तर प्रत्यक्ष रुपमा अवलोकन गर्न पाइयो । सरकारी स्कुलको अवस्था हेर्ने हो भने कष्टकर र दयनीय छ ।विद्यार्थीको सहज व्यवस्थापन देखि लिएर विद्यार्थीका अतिरिक्त क्रियाकलापमा विद्यालय प्रशासन उपयुक्त नरहेको अवस्थामा देखिन्छ शिक्षक कुनै राजनैतिक पार्टीबाट परिचालित अझै भनौ राजनैतिक सिन्डिकेट जस्तै अवस्था सिर्जना भएको देखिन्छ । यस्ता कयौं समस्याका बाबजुद त्यहा छलफल तथा कक्षा कमिटी गठन गरि हाम्रो अभियान टिम २०८०/११/०४ गते इटहरीबाट विराटनगर मोरङ तिर बढ्यौं । अभियानको क्रममा धेरै बाधा अढचन सिर्जना भएपनी संगठन तीब्र रुपमा अगाडी बढी रहेको थियो । इटहरी मोरङको पाँच दिनको बसाईमा विद्यालय र क्याम्पसमा राजनैतिक अबरोध गर्न खोजे तथापि हामिले यस्ता समस्याका बावजुद स्कुलमा विद्यार्थीहरु सङ्ग छलफल गर्ने , विषय वस्तु राख्ने र प्रतिक्रिया लिने दिने काम गरियो । क्याम्पसमा स्ववियुको मुखुण्डो ओढेको अराजक तत्वले हाम्रो संगठनलाई नस्वीकार्ने र धाक धम्की दिने जस्तो अवस्था बन्यो तर पनि हामी संगठनको नीति अनुसार विद्यार्थी सङ्ग निरन्तर छ्लफल चलाई रहयौ । यस लगत्तै हाम्रो अभियान टिम बिराटनगर सकाएर दमक झापा तिर पुग्यो । जहाँ दमक बहुमुखी क्याम्पसमा विद्यार्थीहरु सङ्ग छलफल गर्ने वातावरणमा बन्यो ।कयौं समस्याको बिचमा पनि मिसन एभ्रीडे क्याम्पियनको सिलसिलामा हाम्रो संगठनले नेपालको शिक्षा प्रणाली महिला माथिको हिंसा ,वजातिय वर्गिय विभेद र युवा पलायनको बारेमा कक्षा कक्षामा गएर जनचेतना फैलाउने काम गर्यौ । त्यसैगरी क्रमस: दमक झापा हुदै मोरङ, सुनसरी , सप्तरी ,सिराहा , धनुषा, सर्लाही , महोत्तरी , बारा हुँदै पर्सामा हाम्रो तीन महिने अभियान एक र दुई नम्बर प्रदेशको समापन भयो ।यो अभियानले हाम्रो संगठन अखिल (क्रान्तिकारी) लाई एउटा स्प्रीट सहित नयाँ उचाईमा पुर्याएको छ । जहाँ सांसद , मन्त्री र व्यापारीहरुले शिक्षालाई मुख्य व्यवसाय बनाएको अवस्थामा हामिले यस्तो अभियान सन्चालन गरेर विद्यालय , क्याम्पसहरुमा जानू चुनौतिपुर्ण पनि थियो तथापि यस्ता संकटका बावजुद पछाडी नहटी संगठन शैक्षिक माफियाका विरुद्धमा संघर्षरत नै छ ।

बिज्ञापन

एकाथरी संसदिय दलहरूले मिसन चौरासिको नारा लगाई रहदा हाम्रो संगठनले त्यसको काउन्टरमा मिसन एभ्रीडे क्याम्पियन सन्चालनले यक प्रकारको राजनीतिक दल माथी प्रेसर र आम मान्छेहरुमा सकारात्मक सन्देश गएको देखिन्छ । जनताको हक हितका लागि किन चौरासी नै कुर्ने त सच्चिकै जनताको लागि काम गर्ने भए दैनिक काम गर्न पनि सकिन्छ । यो मिसन एभ्रीडे क्याम्पियनले दलालहरुको विरुद्ध भन्डाफोर कार्यमा ठूलो सहयोग पुग्यो । सरकारमा पुगेर केहि मान्छेहरु करोडपति बनी राख्ने र अर्को पट्टी जनता भोकमरि महङ्गी , असुरक्षित ,भेदभावपुर्ण बनीराख्ने अवस्था कहिले सम्म त ? सोच्ने बेला आएको छ । अब यसका विरुद्धमा हातेमालो गर्ने बेला आएको छ । हामिले यसरी कानमा तेल हालेर बस्यौ भने यो भन्दा अझै बत्तर हुन बेर छैन । त्यसैले यस्त दलाल भ्रष्ट , कमिसनखोर , मानवतस्कर का विरुद्धमा टाउकोमा कफन बाधेर देश र जनताका लागि बलिदानको कोटा पूरा गर्ने गरि सहकार्य गरौ । तब मात्र देश ले विकास को फड्को मार्ने छ । अनि जनताले आनन्द को श्वास फेर्ने छ्न ।

सक्षम विश्वकर्मा
अखिल( क्रान्तिकारी ) केन्द्रिय सदस्यत तथा
चितवन जिल्ला संयोजक

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
सक्षम विश्वकर्मा
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel