काठमाडौं २४, जबसम्म समाजमा शासक र शोषकहरुको अन्याय र अत्याचारले जनताको रगत/ पसिना चुसिरहेको हुन्छ तबसम्म समाजमा कुनै न कुनै प्रकारको विद्रोहका सङ्केतहरु देखापरि रहन्छ्न । विद्रोह जनताको अधिकार हो । हरेक खाले अन्यायको विरुद्ध जनतालाई विद्रोह गर्ने अधिकार हुन्छ । समाजको आमूल रुपान्तरण र परिवर्तन गर्न लागि विद्रोहहरुको जन्म हुन्छ । मानव समाजमा अहिलेसम्म भएका विद्रोहबाट नै वास्तवमा जनताले मुक्तिको श्वास फेर्न पाएका छ्न । समाजमा सदियौदेखि चलि आएको जातीय, लैङ्गिक , वर्गिय विभेद आजको एक्काईसौ शताब्दीमा पमि सामान्य हिसाबले कम भएको देखिन्छ र समस्याहरु यथावत छ्न । यी सबै प्रकारका विभेदहरुको अन्त्य गर्नको लागि देशको हरेक नागरिकले विद्रोह गर्नुपर्छ । किनकि विद्रोह बिना मुक्ति सम्भव छैन ।

बिज्ञापन

पछिल्लो पटक शृङ्खलाबद्ध हिसाबले राज्य स्वयम र राज्य मातहतका निकायले जनताको विचारमा प्रतिबन्ध लगाउन खोजेको देखिन्छ । यसको ज्वलन्त उदाहरण तत्कालीन केपि ओलि प्रधानमन्त्री हुँदा २०७५ फागुन २८ तत्कालीन नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाई निर्दोष पार्टीका नेता तथा कार्यकर्तालाई बिना कारण हत्या गरियो । राज्यसंग तीन बुदे सहमति हुँदाहुँदै पनि त्यसको बेवास्ता गरी अहिलेसम्म पनि दर्जनौं नेता कार्यकर्ता जेल जीवन बिताई रहेका छ्न । अहिले प्रचण्ड सरकारबाट बाहिरिए पछि फेरि सत्तामा केपि ओली आएका छ्न । अहिलेको भ्रष्ट संसदीय सरकारमा आउनु भनेको काले काले मिली खाउ भाले भने झै पात्रका हिसाबले जो सुकै आएपनि सारमा यो संसदिय व्यवस्था आफैमा एक भ्रष्ट व्यवस्था हो । त्यसैले यो व्यवस्थामा पात्र जो सुकै आए पनि न जनताले मुक्ति पाउँछन् , न त वर्गीय मुक्ति हुन्छ । यसमा उल्टै अधिकारको लागि विद्रोह गर्नेहरु माथी जेलनेल र दमनको शृङ्खला अगाडि बढछ । जनताले अधिकार पाउनेकुरा त एकादेशको कथा मात्रै हो । यो राज्य आफैमा एक लुटेरा राज्य हो । यसले गरिब निमुखा जनताको पक्षमा काम गर्दैन । वास्तवमा यो देशमा जो संग पैसा, शक्ति र पहुँच छ ती मान्छेहरुको मात्र हालिमुहाली छ र राज्यले त्यहि वर्गको पक्षमा काम गर्छ । आज राज्यले यो देशमा म केही गर्छु भन्ने युवावर्ग र राष्ट्रिय पुजिपती वर्गलाई बानेश्वरको खुल्ला सडकमा पेट्रोल छर्केर मर्नु पर्ने स्थिती बनाएको छ । त्यसैले यो राज्य निमुखा जनताको होईन केही सिमित दलाल पुजिपती वर्गको हो । वास्तवमा जनताको राज्यव्यवस्था स्थापना गर्नको लागि एक पटक हामिले क्रान्ति र विद्रोहको ज्वाला बाल्नै पर्छ । एकपटक दलाल राज्यको विरुद्ध अन्तिम विद्रोह गर्नै पर्छ । सशस्त्र जनविद्रोह मार्फत अधुरो क्रान्ति पुरा गर्नुको अरु कुनै विकल्प छैन ।

बिज्ञापन

विकसित राष्ट्रहरु विकासको होडबाजीमा आफुलाई प्रतिस्पर्धाको रुपमा उभ्याईरहेका छ्न तर विडम्बना हाम्रो देश नेपालमा फेरि पनि विद्रोहको विकल्प छैन भन्ने परिस्थिती सिर्जना भएको छ । आज जताततै लुटतन्त्र भैरहेको छ । जनताहरु निराशामा छ्न युवाहरू बेरोजगार छ्न , निर्दोष महिला दिदिबहिनीहरु बलात्कृत छन , युवाहरु शरणार्थी काण्डमा बेचिएका छ्न , जताततै भ्रष्टाचार छ , शिक्षामा असमानता छ , स्वास्थ्यमा आसमानता छ , रोजगारमा असमानता छ , मान्छे मान्छेमा असमानता छ हुँदाहुदै मान्छेको मृत्युमा पनि असमानता छ । आज हरेक क्षेत्रमा असमानता छ । देशमा नत सुरक्षा छ, नत शान्ति छ, नत भ्रष्टाचार नियन्त्रण छ । आज सबैभन्दा सुरक्षाको महसुस गरिने प्रहरी प्रशासन क्षेत्रबाट महिला दिदिबहिनीहरु सुरक्षीत छैनन । आज सबै भन्दा न्याएको अनुभुती हुने अड्डा अदालतहरु दुई कौडीको भाउमा बिक्रीमा छ्न । आफ्नै राज्यले दुई कौडीको भाउमा युवा युवतीलाई शरणार्थी काण्डमा बेचेका छन । यी सबै प्रकारका समस्याहरुको फत्ते गर्नको लागि क्रान्ति/विद्रोह एक अनिवार्य सर्त हो ।

यी यावत समस्याहरुलाई निर्मुल पार्नको लागि क्रान्तिकारीहरु डटेर सामना गरिरहेका हुन्छन् । अनि क्रान्तिकारीहरुको विरुद्ध बद्रीको ध्वाङसमा प्रहरी महोदयहरुले गिरफ्तार गर्छ्न । क्रान्तिकारीहरुको विरुद्ध सिआईडी गर्छ्न । जेल, हिरासतमा राखेर क्रान्तिको बाटोबाट पलायन हुन अनुरोध/धम्की दिन्छन । तर विचारा प्रहरी महोदयलाई के थाहा ? तिम्रा जेल, हिरासत र हतकडिले क्रान्तिकारीहरुको विचारलाई रोक्न सक्दैन र रोकेको ईतिहास पनि छैन । दुनियाँको शक्तिशाली तानाशाहीहरुले पनि जनताको तागत अगाडि घुडा टेकेको ईतिहासहरु थुप्रै छ्न । जसको ज्वलन्त उदाहरण हो पछ्ल्लो पटक बङगलादेशका विद्यार्थीहरुले एउटा युनिभर्सिटी बाट सुरुवात गरेको आन्दोलन बाट करिब १६ बर्ष देखि शासन गर्दै आएकी शेख हसिनाले बङगलादेश छोडेर भारतको शरणमा पुग्न बाध्य भएकी छ्न । विचरा प्रहरीको सामान्य जवानलाई के थाहा ? क्रान्तिकारी कसको लागि लडिरहेका छ्न भनेर । एकपटक महसुस गर्नुहोस कतै तपाईले लगाएर ध्वास उडाउने बद्रीको पोशकमा महाराजाले कमिसन त खाएको छैनन् । कतै तपाईको छोराछोरीहरु ठूलो बोर्डिङ स्कुलमा पढ्न बाट बन्चित त छैनन । कतै तपाईंको छोराछोरिले समान शिक्षा त पाएको छैनन । कतै सिमानामा हाम्रा दिदिबहिनीहरुको ईज्जत लुटिएको छैन । कतै तपाइले पाउने उपचार र तपाई भन्दा उपल्लो वर्गको सिनियर साबले पाउने उपचार फरक त छैन । यी यावत विषयमा एकपटक गम्भीर भएर महसुस गरौँ त । तपाईले हामिलाई गिरफ्तार गर्ने होकि ? यो देशका मानव तष्कर, भ्रष्टाचारी, शैक्षिक माफिया, एवम बलत्ककारिलाई गिरफ्तार गर्ने हो ? प्रीय सुरक्षाकर्मी मित्रहरूलाई हाम्रो अनुरोध छ जसले विदेश नगएर यहि देशमा स्वर्णिम सपना देखेर देशको लागि केही गर्छु भन्ने हिम्मत गरेका क्रान्तिकारीहरुको विरुद्ध सिआईडी सुराकी गर्ने होइन, शैक्षिक माफियाहरुको स्कुलमा जान प्रतिबन्ध लगाउने काम तिम्रो होइन । तिमी वास्तवमै सक्छौं भने देशको रक्षाको लागि सिमानामा गएर लडने आट गर, भ्रष्टहरुको बिरुद्ध लडने आट गर, शैक्षिक माफियाहरुको विरुद्ध लडने आट गर । मानव तष्करहरुको विरुद्ध लडने हिम्मत गर ।

बिज्ञापन

अन्तत: वर्गमुक्तिको महान लडाईमा सामेल भई दलाल संसदिय व्यवस्थाको समाप्तिको लागि लडने हिम्मत गर । जहाँ हाम्रो संगै सहयात्रा हुने छ । एक ऎतिहासिक युगको निर्माण हुने छ । जित हाम्रै हुने छ । संसार हाम्रै हुने छ । हजारौं वर्ष देखि उत्पिडनमा परेका जनताले मुक्तिको सास फेर्ने छ्न । त्यसैले विद्रोह एक अनिवार्य सर्त हो । समाजवादको नारा घन्काउदै साम्यवादको खुडकिलो चडने प्रयत्न गरिरहेने छौँ ।

✍️हस्त बि.क अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला समिती संयोजक एवम् केन्द्रिय सदस्य हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel