काठमाडौं ,त्रिभुवन विश्वविद्यालय सभा को बैठकमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उपकुलपति प्राडा केदारजंग बराललाई विश्वविद्यालयको नीति तथा कार्यक्रम पेस गर्न नदिएको घटनाप्रति संयुक्त विद्यार्थी सङ्गठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अखिल(क्रान्तिकारी)संयोजक मिलन राई,बैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल अध्यक्ष हिमांशु,अखिल(पाचौं)का अध्यक्ष पबित्रा आचार्यले वक्तव्य जारी गर्दै आपत्ति जनाएका छ्न ।
बिज्ञापन
प्रधानमन्त्रीले विश्वविद्यालयको नीति तथा कार्यक्रम रोक्ने कुराले उहाँको नियत स्पष्ट भएको छ । यो कदम विश्वविद्यालयमा राजनीतिक भागभण्डाबाट नियुक्तहरुलाई चलाउन खोजेको छ । त्रिविको प्राज्ञ टिमले अध्ययन रअनुसन्धान गरेर तयार पारेको र विभिन्न तहको समीक्षा सहित प्रस्तुत हुन लागेको निति तथा कार्यक्रम रोक्नुको उद्देश्य विश्वविद्यालयमा चरम राजनीतिक १हस्तक्षेप निम्त्याउनु हो । हाम्रो लामो संघर्ष पश्चात् विश्वविद्यालयमा राजनीति भागबन्डालाई अन्त्य गर्दै क्षमतावान र योग्य प्राज्ञहरुको बिच खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति प्रक्रिया अगाडि बढेको कुरा सयुत्त विद्यार्थी संगठनकले स्पष्ट परेको छ
बिज्ञापन
हामी संयुक्त विद्यार्थी संगठनहरु प्रधानमन्त्री तथा कुलपति केपि शर्मा ओलीलाई विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप तत्काल रोकेर खुला प्रतिस्पर्धाबाट नियुक्त भएका उपकुलपति प्रा। डा। केशरजङ्ग बराललाई स्वतन्त्र र भय रहित वातावरणमा काम गर्ने वातावरण निर्माण गर्न अनुरोध पनि गरेका छन ।
विश्वविद्यालय सभाको बैठक आयोजना गरि निति तथा कार्यक्रम अगाडि बढाउनका लागि आग्रह गर्दछौं । अन्यथा प्रधानमन्त्री तथा कुलपति केपि शर्मा ओलीको उक्त कदमका विरुद्ध सशक्त संघर्ष गर्नेकुरा यसै प्रसे वक्तव्य मार्फत सम्प्रेषण गर्दछौं ।
बिज्ञापन
वक्तव्य







