काठमाडौँ- क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएकाे ईन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर आइसीसीसी ले ‘फ्रि एडमिसन डे’ आयोजना गर्ने भएको छ।
बिज्ञापन
अगस्ट ३ तारिखका दिन संस्थाले बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म उक्त कार्यक्रमकाे आयोजना गर्ने जनाएकाे हाे। यस एक दिने कार्यक्रममा आवेदन शुल्क र प्रक्रिया शुल्क पुरै छुट दिने तयारी आयोजकले जनाएकाे छ।
बिज्ञापन
‘एडमिसन डे’ मा आइसीसीसीको अनुभवी टोलीले भर्ना प्रक्रियाका सबै चरणमा व्यक्तिगत मार्गदर्शन प्रदान गर्नुका साथै त्यहाँ सहभागी हुने सबै विद्यार्थीहरूले क्यानडा अध्ययनका लागि आवश्यक कागजात र सम्पूर्ण प्रक्रियाबारे जानकारी लिन सक्नेछन्।
आइसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले ‘फ्रि एडमिसन डे’ विद्यार्थीहरूका लागि सुनौलो अवसर भएको बताएका छन्।
बिज्ञापन
‘विद्यार्थीहरूको अन्तर्राष्ट्रिय शिक्षा यात्रामा सहयोग पुर्याउने हाम्रो प्रतिबद्धता हो,’ उनले भने ‘हामी यो अनौठो अवसर प्रदान गर्न पाउँदा उत्साहित छौँ, जसले विद्यार्थीहरूलाई आवेदन शुल्कको वित्तीय भार बिना नै उनीहरूको सपनाहरू पूरा गर्न मद्दत गर्नेछ।’






