सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सकाे विमान रनवेबाट उडान भर्ने क्रममा पूर्वतर्फ दुर्घटनाग्रस्त भएको छ ।
बिज्ञापन
विमानमा १९ जना यात्रु रहेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । घटनाकाे थप विवरण आउन बाँकी नै छ ।





