काठमाडाै, धर्मेन्द्र बास्तोला नेतृत्व नेकपा (बहुमत)निकट अखिल(क्रान्तिकारी० त्रिभूवन विश्वविद्यालय समितिको विशेष बैठक सम्पन्न भएको छ।बैठक अखिल (क्रान्तिकारी)का त्रिभूवन विश्वविद्यालय विशेष समितिका संयोजक क.गोविन्द बिष्टको अध्यक्षतामा सुरु भएको थियो।बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी)का पूर्व विद्यार्थी अध्यक्ष क.सरद रसाइली प्रमुख अतिथि रहनु भएको थियो।त्यसैगरी अखिल (क्रान्तिकारी)का केन्द्रीय संयोजक क. मिलन राईले विशेष अतिथिको आसन ग्रहण गर्नु भएको थियो।बैठकमा त्रिभूवन विश्वविद्यालय समितिका अन्य सदस्यहरु समेत सहभागी थिए भने अखिल (क्रान्तिकारी)कास्की जिल्लाकी पूर्व सचिव क।सञ्जना राईलाई आमन्त्रित सदस्यका रुपमा आसन ग्रहण गराइएको थियो। बैठकले विभिन्न एजेण्डाहरु सहित बैठक सञ्चालन गरेका थियो भने आगामी कार्ययोजना सहित जिम्मेवार बाँडफाँड गरेको छ।जिम्मेवार बाँडफाँड गर्ने क्रममा क्याम्पस जिल्ला संयोजकमा क।लक्ष्मी पाण्डेलाई निर्वाचित गरेको छ भने अन्य समितिको कार्य विभाजन अर्को बैठकमा गरिने योजना भएको छ।

बिज्ञापन

बैठकमा प्रमुख अतिथिले प्रशिक्षण गर्दै एकता भंग पश्चात पहिलेको जस्तो निराशा नरहेको र सबै विद्यार्थीहरु एकजुट भएर अगाडि बढ्नु पर्छ भनी आफ्ना गहकिला भनाइहरु प्रस्तुत गर्नु भएको थियो। त्यसैगरी विशेष अतिथि क।मिलन राईले जिम्मेवार प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरुले आफ्ना जिम्मेवारीहरू कुशलता पूर्वक वहन गर्नुपर्ने साथै संगठनलाई सुदृढीकरण गर्नुपर्ने कुरामा जोड दिनुपर्ने भन्दै आफ्ना विचारहरू प्रस्तुत गर्नु भएको थियो ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
सन्जना चाम्लिङ राई
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel