धर्मेन्द्र बास्तोला नेतृत्व अखिल(क्रान्तिकारी)काठमाडौं जिल्ला समितिले दक्षता इन्टरनेशन स्कुलमा बिबिए पहिलो वर्षको व्याक पेपरको परिक्षा दिने छात्रालाई पास गराई दिन्छु भन्नी यौन पस्ताव राक्ने केन्द्राध्यक्षलाई कार्वाहीको माग गरेको छ ।
बिज्ञापन
परीक्षा चलिरहेको बेला सोही क्याम्पसका तथाकथित केन्द्राध्यक्ष सुदर्शन जमरकट्टेलले परिक्षामा सामेल छात्रालाई बिनाकारण एकान्त कोठामा लिई चुकुल लगाएर छात्रालाई डराई धम्काई यौनजन्य दुर्व्यवहार गरेको प्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । घटनामा संलग्न दोषिलाई हदैसम्मको कार्बाही सहित पिडित छात्रालाई परीक्षादिने वातावरण सहित न्याय दिन जोडदार माग गर्दछौ । पीडित छात्रालाई न्याय नदिएर बेवास्ता गरिए हाम्रो संगठन शसक्त रुपमा संघर्ष गर्न बाध्य हुनेकुरा यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गर्दछौं ।
बिज्ञापन







