काठमाडौं,५ धर्मेन्द्र बास्तोला नेतृत्व नेकपा बहुमत निकट अखिल(क्रान्तिकारी)बाग्मती प्रदेशको बैठक सम्पन्न भएको छ । बैठक अखिल(क्रान्तिकारी)का बाग्मती प्रदेश संयोजक क.उषा किरण आजादको अध्यक्षतामा सुरु भएको थियो। बैठकमा पार्टीका कार्यलय सदस्य क.बाबुराम गजमेर प्रमुख अतिथि रहुनु भएको थियो । त्यसैगरी पार्टीका केन्द्रिय सचिवालय सदस्य क.लालबहादुर बिसिले अतिथिको आसन ग्रहण गर्नु भएको थियो।सोही कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रिय संयोजक क .मिलन राई र केन्द्रिय सह-संयोजक क .बिरेन्द्र शाह अतिथि र अखिल(क्रान्तिकारी)सचिवलय सदस्य राम बहादुर तिरुवा रहनु भएको थियो ।
बिज्ञापन
बागमती प्रदेशका जिल्लाहरुका जिल्ला संयोजकहरुको समेत सहभागी रहेको थियो । बैठकले आगामी कार्ययोजना सहित जिम्मेवार बाडफाड गरेको छ । जिम्मेवार बाँडफाँड गर्ने क्रममा काठमाडौं, भक्तपुर ,ललितपुर ,नुवाकोट र रसुवामा जिल्लाको इन्चार्ज क.मिम ब.ऐडिलाई जिम्मा दिएको छ भने धादिङ,चितवन ,मकवानपुरकको इन्चार्ज क.विकल्प खत्रीलाई दिएको छ।त्यसैगरी जिल्लाहरूको संयोजकको जिम्मेवारीमा काठमाडौं जिल्ला संयोजकमा क .हस्त बि.क,ललितपुर जिल्ला संयोजकमा क.बिष्णु महर्जन,भक्तपुर जिल्ला संयोजकमा क.बज्जिर संहि ढोली,काभ्रे जिल्ला संयोजकमा क .दिनेश नेपाली,चितवन जिल्ला संयोजकमा क . सक्षम विश्वकर्मा,धादिङ जिल्ला संयोजकमा क.राहुल भुसण वि. क र नुवाकोट जिल्ला संयोजकमा क.मिलन बुढा लाई तोकेको छ।

कार्य विभाजनको जिम्मेवारीलाई सम्पूर्ण संयोजकहरु मुट्ठी उठाएर पारित गर्नुभएको थियो।
बैठकमा प्रमुख अतिथिले प्रशिक्षण गर्दै अहिलेको राजनीतिक परिवेश ,सत्ता समीकरण,पार्टी एकतापछि झेल्नु परेको समस्या ,क्रान्तिलाई नया उचाईमा लिनका लागि विद्यार्थीलाई प्रेरित गर्नु भएको थियो। विशेष अतिथि क.लाल बहादुर बि.सिले अहिलेको विद्यमान परिस्थिति,क्रान्ति गर्न अनुकूल समय भएको ,वैज्ञानिक समाजवादद्वारा जनताको समस्या हल हुने बताउनु भयो। प्रशिक्षण गर्ने क्रममै अखिल (क्रान्तिकारी)का केन्द्रीय संयोजक क. मिलन राईले अहिलेको शिक्षालाई दलाल पुँजीपति वर्गले कब्जा गरेको र विद्यार्थीका समस्या समाधान गर्न संगठन जोडदारका साथ लाग्नु पर्ने,शिक्षालाई सर्व सुलभ साथै शिक्षाबाट वञ्चित हुने परम्परालाई तोड्नु पर्छ भन्नुभएको थियो । कार्यक्रममा प्रशिक्षण गर्दै अखिल(क्रान्तिकारी)का केन्द्रीय सह -संयोजक क.वीरेन्द्र शाहले विद्यार्थीलाई निरास नहुन क्रान्तिकारी आन्दोलनलाई उचाईमा लिनको लागि सशक्त भुमिका खेल्नु पर्ने निजि शैक्षिक संस्थाहरु विद्यार्थी माथी गरिएको बर्मलुट्को अन्तेगर्नु पर्ने बताए ।

बिज्ञापन
बैठकका अध्यक्ष एबम बागमती प्रदेश संयोजक उषा किरण आजदले खुसी व्याक्त गर्दै बिगत लामो समय सम्म्म प्रदेशको बैठक राक्न नपाएको लुटेर ग्याङ्गको कब्जामा रहेको र अहिले बैठक राक्न पाउँदा खुसी व्याक्त गर्दै बधाई दिएका छ्न । र जिम्मेवार पाउने सबै कम्रेडहरुलाई बधाई दिदै समापन गरेका छ ।






