मनास्लु वर्ल्ड कलेजबाट कक्षा १२ सकेकी सुप्रदा कुइँकेलको गभर्नर बन्ने सपना छ । अर्थात् उनी समग्र वित्तीय क्षेत्रकै नेतृत्व तहमा पुग्ने सपना देखिरहेकी छन् । आफू बुझ्ने भएदेखि नै गभर्नर बन्ने सपना बोकेकी उनलाई कलेजले पनि प्लस टु तहमा राम्रै सहयोग गर्‍यो ।

बिज्ञापन

मनास्लु कलेज पढ्दाको अनुभव सुनाउँदै कुइँकेलले भनेकी छिन्, ‘म गभर्नर बन्ने सपना बोकेर गएको थिएँ । कलेजले मेरो सपनालाई आफ्नो सपना ठान्यो । त्यहीअनुसार सहयोग गर्‍यो, जसले मलाई सपना पूरा गर्ने थप हिम्मत दिएको छ ।’

सुप्रदाको जस्तै थुप्रै विद्यार्थीको सपनालाई मुर्त रूप दिन कक्षा ११ र १२ मै मार्गदर्शन गर्ने गरेको मनास्लुको दाबी छ । हामी मनास्लु पुग्दा पनि मनास्लुले गरेको दाबी जस्तै परिवेश पायौँ । कलेजको ‘फ्रन्ट डेक्स’ नजिकै विद्यार्थीहरू ‘कन्टेन्ट क्रियसन’मा झुमिरहेका थिए । मार्केटिङ पढ्दा पाएको सैद्धान्तिक ज्ञानलाई डिजिटल मार्केटिङ मार्फत व्यवहारमा उतारिरहेका विद्यार्थीहरू भेटिए । कलात्मक शैलीमा आफ्नो कलेजको बारेमा नयाँ विद्यार्थी तथा सहपाठीहरूलाई जानकारी गराउने उनीहरूको प्रयत्न लोभलाग्दो थियो ।

बिज्ञापन

त्यस्तै, ‘मनास्लु ब्याण्ड’का विद्यार्थीले विभिन्न सांगितिक कार्यक्रममा सहभागी हुने गरेको पनि देख्न सकिन्छ । कलेजका अनुसार कक्षा ११ मा भर्ना हुन आउँदै गर्दा संगीतमा इच्छा देखाएका विद्यार्थी जम्मा गरेर एउटा ब्याण्ड तयार गरिन्छ । र, उनीहरूलाई बाहिरी बजारमा पहुँच दिइन्छ । फलस्वरूप, मनास्लु ब्याण्डले आजको दिनमा थुप्रै कन्सर्टमा सहभागी हुने मौका पाइरहेको छ । विद्यार्थीले आफ्नो रुचिअनुसारकै क्षेत्रमा आर्थिक उपार्जनको बाटो पाएका छन् ।

यसरी छोटो समयमा नै राम्रो प्रगति गरेको मनास्लुको विगत पनि रोचक छ । यसका उतारचडाव र सफलतको कथा लोभलाग्दो छ । कलेजका अध्यक्ष गेन्द्र लामाका अनुसार २०५३ सालमा भुवनेश्वरी पब्लिक स्कुलको नाममा यसको स्थापना भएको थियो । डा. विनारञ्जन घिमिरेले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले खोलेकी थिइन् ।

बिज्ञापन

२०६३ सालमा आइपुग्दा अंग्रेजी शिक्षकको रूपमा प्रवेश गरेका हालका अध्यक्ष लामाले व्यवस्थापनको काम हेर्न थाले । र, अझै अब्बल शिक्षा दिने ध्येयले स्कुलको नाम नै फेरियो– प्राक्सिस इन्टरनेशनल एकेडेमी ।

यसरी प्राक्सिसको नाममा ‘रिब्रान्डिङ’ गरिएपछि स्कुल झन् राम्रोसँग चल्न थाल्यो । २०७१ सालसम्म आइपुग्दा यसलाई कलेजको रूपमा पनि विस्तार गर्ने सोच व्यवस्थापन समूहमा आयो । अध्यक्ष लामाका अनुसार त्यो सोचको विजारोपण हुनुमा उनले २०६९ सालमा अभिभावक दिवसको दिन गरेको भाषण थियो । जसमा उनले घोषणा नै गरेका थिए, ‘हामी अब ‘एम टु एम’को मोडलमा जाँदै छौँ । अर्थात् मन्टेश्वरी देखि मास्टर्ससम्मको पढाइ एकै छानामुनि पढाउने तयारीमा छौँ ।’

त्यसपछि लामाले साथीहरूसँग सल्लाह गर्न थाले । प्लस टुलाई अन्यभन्दा फरक शैलीमा सुरु गरेर व्यावहारिक बनाउनुपर्छ भन्नेमा सबै तयार भए । रिसर्च गर्न थाले । ‘के गर्दा विद्यार्थी खुसी हुन्छन् । अहिलेको नयाँ पुस्तालाई के गर्दा तान्न सकिन्छ र उनीहरूले खोजेजस्तो शिक्षा दिन सकिन्छ भनेर ४/५ वर्ष नै रिसर्च गर्‍यौँ,’ लामाले विगत सम्झिए, ‘हामीलाई हतार गरेर कमसल बन्नु थिएन । बरु ढिलै होस्, राम्रै शिक्षा दिन सक्नुपर्छ भनेर रिसर्चमा समय खर्चियौँ ।’

२०७६ साल असोजमा आएर ‘मनास्लु टिम अफ आन्टरप्रेनर’ समूह स्थापना भयो । र, सोही समूहले नै प्राक्सिस इन्टरनेशनल स्कुललाई विस्तार गरी मनास्लु वर्ल्ड कलेजमा रूपान्तरण गर्‍यो । भौतिक संरचनामा पनि उल्लेख्य सुधार गर्‍यो । विद्यार्थीमैत्री वातावरण बनाउन शैक्षिक उद्यमीको यो समूहले थप मेहनत गर्‍यो । र, २०७७ सालको नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा विद्यार्थी भर्ना लिन थाल्यो । फलस्वरूप, आज काठमाडौंको चाबहिल क्षेत्रमा रहेको यो कलेजले राम्रो पहिचान बनाइरहेको छ ।

‘हामी के कुरामा ढुक्क छौँ भने, अबको शिक्षा सीपयुक्त हुनुपर्छ । आफ्नो खुट्टामा आफैँ उभिने किसिमको हुनुपर्छ,’ लामाले भने, ‘किताब-पाठ्यक्रम त सबैले पढाउँछन् । तर, यसबाहेक विद्यार्थीको अन्य क्षमता र चासो के कुरामा छ, त्यसलाई बुझेर हामीचाहिँ थप तिखार्ने र बढाव दिने प्रयत्न गर्छौं ।’

‘प्यासन टु प्रोफेसन’

कक्षा ११ सुरु गरेपछि अन्य चलनचल्तीका कलेजभन्दा आफूलाई कसरी फरक र राम्रो कित्तामा उभ्याउने भनेर मनास्लुको समूहले काम गर्न थाल्यो । सीपसँग जोडिने, जीवनसँग जोडिने शिक्षा दिने त भनिएको छ । तर, त्यसलाई कसरी अघि बढाउने र राष्ट्रिय परीक्षा बोर्डको पाठ्यक्रममा कसरी ‘इन्टीग्रेट’ गर्ने भनेर गृहकार्य गर्न थाल्यो ।

लामाकाअनुसार पढाइसँगै विद्यार्थीको सीपसँग जोडिने शिक्षा दिन विद्यार्थीकै चासोलाई नजिकबाट नियाल्न थालियो । जो विद्यार्थीको ज्ञान र चासो जता छ त्यसलाई थप तिखारेर अब्बल बनाउन भूमिका खेल्न थाल्यो । सम्बन्धित विषयका आवश्यक शिक्षकलाई ल्याएर तालिम दिन थालियो । यसलाई कलेजले ‘प्यासन टु प्रोफेसन’ नाम दिएर कार्यक्रमको ढाँचा नै बनायो । र, अहिले पनि विद्यार्थीको ‘प्यासन’देखि ‘प्रोफेसन’सम्मको यात्रामा सारथी बन्दै कलेजले आफ्नो विश्वास थप बढाइरहेको छ ।

‘आईएसओ सर्टिफाइड’ हुने त्यो सपना

कलेजले स्थापनाको समयमा गरेका वाचाहरू पनि क्रमशः पूरा गर्दै लगेको लामाले बताए । उनले भने, ‘हामीले अन्तराष्ट्रिय रूपमै सर्टिफाइड कलेज बनाउछौँ भनेका थियौँ, अहिले आईएसओ (इन्टरनेसनल ओर्गनाइजेन फर स्ट्याडराइजेसन) सर्टिफाइड कलेजको रूपमा यो चलिरहेको छ । यसरी क्रमशः आफ्ना वाचाहरू पूरा गर्न पनि सफल भयौँ ।’

मानस्लु कलेजको मूल भनाइ नै छ– ‘अ होम फर फ्यूचर लिडर ।’ यसको मतलब हरेक क्षेत्रको नेतृत्वमा पुग्ने दक्ष जनशक्ति उत्पादन गर्ने सपना ‘स्लोगन’मै देखिएको लामाले बुझाए । र, भने बमोजिम आज हरेक क्षेत्रमा मनास्लुका उत्पादन छाइरहेका छन् । लामाका अनुसार खेलकुदको राष्ट्रिय टोलीदेखि डाक्टर–इन्जिनियर–सीएजस्ता क्षेत्रमा मनास्लुका विद्यार्थीले अब्बल नतिजा दिइरहेका छन् ।

यसबाहेक विदेशका विभिन्न विश्वविद्यालयमा मनास्लुका विद्यार्थीले राम्रो छाप छोडिरहेको पनि लामाले सुनाए । ‘हामीले सुरुवाती दिनमा विद्यार्थीलाई दिने वाचा ‘भेरिफाइड’ भइसकेको छ । अझै यसलाई थप परिस्कृत कसरी गर्ने भनेर गृहकार्य गरिरहेका छौँ,’ लामा परिवर्तनशील सुनिए, ‘एउटा शैक्षिक संस्थाको लागि यस्तो समयानुकुल गृहकार्य र चिन्ता नियमित प्रक्रिया हो ।’

विद्यार्थीको चासो र सक्रियतामा ढाडस

कक्षा ११ र १२ पढ्न आएका विद्यार्थी एउटै कक्षामा रहे पनि उनीहरूको चासो र सक्रियता फरक–फरक क्षेत्रमा हुन सक्छ । जसलाई ध्यान दिँदै मनास्लुले औपचारिक पठनपाठनबाहेक विद्यार्थीको चासोलाई जोड्न विभिन्न क्लबको गठन गरिदिएको छ । जस्तो: स्पोर्टस् क्लब, सिङगिङ क्लब, डान्स क्लब, सोसियल वेलफेयर क्लबजस्ता विभिन्न क्लबमार्फत विद्यार्थीहरू सक्रिय रहन्छन् । साथै कलेजले विद्यार्थीहरूको सर्वाङ्गिण विकासको लागि व्यक्तित्व विकास, सिप विकासका तालिमहरूका साथै नेतृत्व विकास वुथ क्याम्पहरू सञ्चालन गरिआएको छ । आफ्ना विद्यार्थीहरूको कला कौशल विकासका लागि मिस्टर एण्ड मिस मनास्लु, मनास्लु डान्सिङ स्टार, मनास्लु आईडल र फिल्म मेकिङ वर्कसप लगायतका कार्यक्रमहरू समेत सञ्चालन गरिआएको छ ।

यसबाहेक यदि कोही विद्यार्थी डाक्टर बन्न आएको छ भने उसलाई प्रि–मेडिकल कक्षाको तयारी गराउन कलेजले सहयोग पुर्‍याउँछ । त्यस्तै, सीए–इन्जिनियर बन्न चाहने विद्यार्थीलाई पनि सम्बन्धित तयारी कक्षा कलेजले गराउँछ । यसरी कक्षा ११ र १२ मै विद्यार्थीको सपनामा कलेजले ‘पुल’को भूमिका खेल्छ । विद्यार्थीको चासो र सक्रियतामा ढाडस दिन्छ ।

‘उदाहरणसहित भन्दा– बैंकिङ क्षेत्रमा केही गर्छु भनेर आएका विद्यार्थीलाई मार्गदर्शन गर्न विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरेका छौँ, जहाँ गएर विद्यार्थीले बैंकको कार्यप्रणालीबारे बुझ्छ । विज्ञ जनशक्ति ल्याएर त्यसबारे प्रशिक्षण दिन्छौँ,’ लामाले भने, ‘फुटबलमै चासो र सपना बोकेको विद्यार्थीलाई पनि पढाइसँगै फुटबलको तालिम दिइरहेका हुन्छौँ ।’

यसको अतिरिक्त यदि कोही विद्यार्थीले जापान या कोरिया नै जान चाहेको छ भने सम्बन्धित देशको भाषाको कक्षा पनि मनास्लुले चलाउने गरेको लामाले बताए । उनका अनुसार सरकारी विद्यालयमा अध्ययन गरेको विद्यार्थीहरूलाई लक्षित गरि अग्रेजी भाषाको विशेष कक्षा समेत सञ्चालन गरिआएको छ ।


अन्तराष्ट्रिय मञ्चमा सांस्कृतिक आदानप्रदान

मनास्लु कलेजले राष्ट्रिय मात्र हैन, अन्तराष्ट्रिय मञ्चमा समेत विद्यार्थीलाई उभ्याउने गरेको छ । विभिन्न देशमा रहेका शैक्षिक संस्थासँगको सहकार्यमा सांस्कृतिक आदानप्रदान पनि गर्ने गर्दछ । विद्यार्थीले विभिन्न देश/भूगोलको भाषा–संस्कृतिबारे जान्न पाउन भनेर यस्ता कार्यक्रम आयोजना गरिएको अध्यक्ष लामाले बताए ।

‘फिल्ड भिजिट, सांस्कृतिक आदानप्रदानको काम विभिन्न देशका शैक्षिक संस्थासँग सहकार्य गरेर गर्नेछौँ । आजसम्म हामीले आफ्ना विद्यार्थीलाई दुबई, सिंगापुर, मलेसिया, बैंकक, थाइल्याण्डलगायतका देशहरूको भ्रमण गराइसकेका छौँ,’ लामाले भने, ‘अझ पछिल्लो चरणमा त मोडल युनाइटेड नेसन जस्ता कार्यक्रम मार्फत अन्तराष्ट्रिय मञ्चहरूमा समेत विद्यार्थीको सहभागीतामा गराइरहेका छौँ ।’

यसबारे थप कुरा गर्दै मनास्लुका एक्जुकिटिभ डाइरेक्टर मीन कुमार मोक्तानले भने, ‘हामीले पछिल्लो समयमा ओताकोन जात्रा मनायौँ । यो एउटा जापनिज् संस्कृतिसँग जोडिएको विषय हो । एउटा कलेजले टाइटल स्पोन्सर गरेर त्यसरी ओताकोन जात्रा मनाएको कमै पाइन्छ । देशभित्र मात्र हैन, विश्वव्यापी रूपमै एउटा एक्स्पोजर विद्यार्थीले पाओस् भनेर यस्तो गर्ने गरेका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel