काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ ।
बिज्ञापन
ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरेको हो ।
बिज्ञापन
बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासनविपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले हप्ता दिनका लागि निलम्बन गरिएको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।






